Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो । प्रत्यक्षदर्शीका…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् । क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक…

Read More

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने छ । मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग कुरा गर्न सकिने मन्त्रालयले जानकारी दिएको…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ । जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९(२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ । पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।

Read More

काठमाडौं – आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९५ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँमा कायम भएको छ । गत सातामा सुनको मूल्यमा कुल १८०० रुपैयाँले गिरावट आएको थियो | साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौं – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमा हुने भएको छ । जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले निर्वाचनमा खटिने कर्मचारीलाई दुर्घटना बीमा बापत २० लाख रूपैयाँ उपलब्ध गराउने भएको हो। ललितपुरमा आयोजित निर्वाचन बिट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम भइसकेको बताए। उनका अनुसार निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन भएको कर्मचारी हुनेछन् पौडेलले मुख्य निर्वाचन अधिृकतमा जिल्लामा न्यायाधीश खटाइने बताए। ७७ जना जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतमा ( न्याय सेवाका रा.प द्धितिय श्रेणीका कर्मचारी…

Read More

काठमाडौं – कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरबार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो । संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा वितरण गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनको खबरले स्तब्ध भएको बताएका छन् । आइतबार बिहान ट्विट गर्दै देउवाले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका हुन् । उनले लेखेका छन्, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा ५७७ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६२५ पुगेको छ।

Read More

एजेन्सी – ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ ।  वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो । एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय…

Read More