Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा एक लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा गजल प्रतियोगिता गर्न लागिएको हो । परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् । परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउन लागिएको उनले बताइन् । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवं प्रतियोगिता संयोजक घनेन्द्र ओझाले राज्य तहबाट…

Read More

काठमाडौँ – आज काठमाडौं आउन लागेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपराह्न साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। उनी काठमाडौंमा हुने एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ। लुको काठमाडौँ भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन्। काठमाडौँमा रहँदा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्। उनको अरू भेटघाटबारे खुलाइएको छैन। नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे बहस…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन्।मन्त्री श्रेष्ठले रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशनसमेत दिए। मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको…

Read More

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । यस सँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न सङ्गठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

Read More

काठमाडौं – नेपालले ५ वर्षका लागि भारतसँग रासायनिक मल खरिद सम्झौता गरेको छ । ५ वर्षका लागी झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि…

Read More

रसुवा – जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ। उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए। तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।

Read More

काठमाडौँ- राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Read More

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई चालु आर्थिक वर्षदेखि बालश्रम मुक्त गाउँपालिका बनाइने भएको छ । गत असार १० गते गाउँ सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष हिरा सिह धामीले चालु आर्थिक वर्षदेखि गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका बनाउने बताउनु भयो । गाउँपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री पालिका बनाउन नीति, रणनीति र निर्देशिका बनाइने उहाँले बताउनु भयो । गाउँपालिका क्षेत्रमा प्रयोग भईरहेको बालश्रमको तथ्यांक सँकलन गरी बालश्रमिक राख्ने घरमुली, बालश्रममा रहेका बालबालिका र तिनका अभिभावक समेतसँग छलफल गरि पालिकालाई बालश्रम पालिका निर्माणमा जोड दिइने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । त्यस्तै अती कमजोर आर्थिक अवस्था कमजोर भएका…

Read More

काठमाडौं – बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रवार प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रवार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । उनले प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर, छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।

Read More