Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि सञ्चालित प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले समापन गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पुर्‍याउने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् । म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् । केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् ।

Read More

लमजुङ– मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४ लाख १८ हजार ४६ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा विभिन्न शीर्षकमा भएको कारोबार तथा सेवा शुल्कमार्फत राजस्व संकलन भएको हो । कार्यालयका अनुसार आर्थिक वर्षमा सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट राजस्व संकलन भएको छ । घरजग्गा लिखत दर्ताबाट मात्र ६ करोड २९ लाख ६५ हजार दुईसय ७९…

Read More

गलेश्वर- म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। “पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ”, वडा सदस्य पुनले भने। खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी…

Read More

दार्चुला – दार्चुलामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको हो । दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानिय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताएका छन् । महानिर्देशक भट्टराईले “दार्चुला जिल्लामा सुरु हुने अभियानमा सक्रियता पूर्वक आआफ्नो पालिकामा गएर फोटो खिचाउन र विवरण दिन अनुरोध गरे ।” जसलाई ई पासपोर्ट आवश्यक छ त्यसलाई जिल्ला प्रशासनमा र जसलाई ईपासपोर्ट आवश्यक छैन् त्यसले पालिका वडामा आउने आभियानमा सहभागि हुन उनले…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाए। उनले भने, ‘हिंसाको बाटोमा हिँडेको विप्लव समूहलाई ओली सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याएको थियो। तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको थियो। अब शक्तिको साथ बाच्न पाइन्छ भन्ने परेको थियो।’ उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै निष्पक्ष चुनावी सरकार गठनको माग गरेका छन्। लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै निर्वाचनको मिति घोषणापछि पनि संसदलाई निरन्तरता दिने नभई निष्पक्ष निर्वाचनको लागि वर्तमान सरकार विघटन गरेर चुनावी सरकार बनाउन माग गरेका हुन्। निर्वाचन आयोगले चुनावको मिति सिफारिस गरेको झण्डै एक महिना पुग्दा समेत सरकारले मिति घोषणा नगरेको सन्दर्भमा लिङदेनको यस्तो माग आएको हो। राप्रपाको साउन ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले चुनावी सरकार गठनको माग गरेको थियो। मंगलबार फेरि पार्टी अध्यक्ष लिङदेनले सोही माग दोहोर्‍याएका छन्। सरकारले भने मनोनयन…

Read More

काठमाडौँ – तेह्रथुममा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका २४ वर्षीय छोरो टङ्क भण्डारीको कुटपिटबाट ५३ वर्षीय भक्त बहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो । प्रदेश १ प्रहरीले तेह्रथुम प्रहरीको सूचना अनुसार बाबुछोराको विवादपछि छोरा टङ्क भण्डारीले धान कुट्ने मुसल अचानक बुबाको टाउकोमा प्रहार गरेका थिए । मुसलको प्रहारले घाइते उनको स्थानीय छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बुबाको हत्या गर्ने छोरा टङ्क फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दमौली– दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौजना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । नौजना स्वास्थ्यकर्मीका लागि वार्षिक रु ४४ लाख ७२ हजार खर्च हुने अनुमान सहितको ज्ञापनपत्र मन्त्रीलाई बुझाइएको थापाले बताए । उनका अनुसार एकजना स्त्रीरोग विशेषज्ञ, प्रयोगशालामा कल्चर गर्नका लागि विएमएलटी, एकजना रेडियोग्राफर, एकजना एनेसथेसिया सहायक, शल्यक्रियाका लागि दुईजना स्टाफ नर्स, एकजना फार्मेसी र एकजना स्वास्थ्य सहायक माग गरिएको छ । अस्पतालमा दुईजना हाडजोर्नी विशेषज्ञ…

Read More

काठमाडौं – संसद् बैठक सुरु भएको छ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाइ विधेयक,२०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘शपथ सम्बन्धी विधेयक,२०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन्। यस्तै, बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राष्ट्रियसभाबाट सन्देशसित प्राप्त स्ट्याण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८ र प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ।

Read More