काठमाडौं – संसद् बैठक सुरु भएको छ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाइ विधेयक,२०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘शपथ सम्बन्धी विधेयक,२०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन्।
यस्तै, बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राष्ट्रियसभाबाट सन्देशसित प्राप्त स्ट्याण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८ र प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ।
Facebook Comments Box