Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६४८ पुगेको छ । केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योगसमेत गत आर्थिक वर्ष २०७७/७८ भरमा जम्मा ४ हजार ८८२ कालोसूचीमा परेका थिए ।गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या करिब १८० प्रतिशतले बढेको छ ।

Read More

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगेका छन् । विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो । अहिले उनीहरुलाई बत्तिसपुतलीस्थित होटल द्धारिकामा राखिएको छ । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्षलगायतका नेताहरुसँग भेटवार्ता गर्ने योजना रहेको छ ।

Read More

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिका-७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भवनसिंह केसी विजयी भएका छन् । आइतबार बिहान आएको वडाको अन्तिम परिणाममा उनी ३८१ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा (एमाले)का उम्मेदवार मन्नामे बिस्टलाई ३९ मतले पराजित गरे । बिस्टले ३४२ मत ल्याए । माओवादी केन्द्रका दाने खड्काले ५८ मत पाए । अहिले वडा नम्बर-५ र ६ को मतगणना भइरहेको छ ।

Read More

काठमाडौँ – लगातारको वर्षाले डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ-ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् । वर्षाका कारण ग्रामीण सडक भत्किएका तथा बिग्रिएपछि यातायात सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए । सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडकमा यातायात अवरुद्ध छन् । बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडक सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले…

Read More

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ । गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले…

Read More

काठमाडौँ- नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो। काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।

Read More

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाका १० वडामध्ये आठ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये एमालेले पाँच तथा काँग्रेसले तीन वडामा जित निकालेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा काँग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ । मेयर र उपमेयरमा काँग्रेसले एमालेसँगको अग्रता घटाएको छ । पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता…

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको ज्यान गएको छ । लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका-६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको उपचारका क्रममा ज्यान गएको हो । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएको थिए । लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उनलाई कोहलपुर रेफर गरिएको थियो ।

Read More

काठमाडौं – नेपाल प्रहरीको प्राविधिकतर्फ ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फका १ जनासहित ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

Read More

रुपन्देही – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । ‘बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ’, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।’ राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्दै जानुपर्ने उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि-सम्झौता गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट…

Read More