Author: महेन्द्रनगर पोष्ट

भोजपुर– बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरूपमा खेती गरे पनि व्यावसायिकरुपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् । परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन् । कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउँछन् । विगतका वर्षमा धेरै किसानले खेती…

Read More

काठमाडौं – नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताउनुभयो । नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।” दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो । एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताउनुभएको हो । जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताउनुभयो । मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उहाँले बताउनुभयो । संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाउनुभएको…

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच वर्षसम्म संघीयताको अभ्यास गर्दा प्रदेश सरकारहरूले पाउनुपर्ने हैसियत नपाएको बताएका छन् । उनले अहिले नै प्रदेश सरकार चाहिने र नचाहिने बहसमा पर्नुभन्दा अबका पाँच वर्षलाई प्रदेश सरकारको परीक्षाको रुपमा लिनुपर्ने बताए । शनिबार स्वयम्भुमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले बितेका पाँच वर्षमा तीन तहकै सरकारले आ–आफ्नो कार्यक्षेत्र र भूमिकाबारे जनतालाई बुझाउन नसक्ने बताए । ‘प्रदेशले जुन हैसियत पाउनुपर्ने हो, त्यो पाउन सकेको छैन । हामीले संघीय व्यवस्था बनाउँदै गर्दा जुन स्पष्ट दृष्टिकोण राखेका थियौँ, त्योअनुसार प्रदेश सरकार चल्न सकेनन्,’ उनले भने, ‘बरू स्थानीय सरकारको सन्दर्भमा हामीले सफलता पाएका छौँ…

Read More

एजेन्सी – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् । राष्ट्रपति पुटिनले पनि मलाई उनी आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने ।  दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुनेछ । जनवरी २०२० पछि कोभिड महामारीको सुरुमा देशले आफ्नो सिमाना बन्द गरेपछि सीले चीन छोडेको यो पहिलो पटक हुनेछ । त्यसबेलादेखि उनले यस वर्ष जुलाई १ मा हङकङको चीन फिर्ताको २५औँ वार्षिकोत्सव मनाउन चीन बाहिरको भ्रमण गरेका थिए । नोभेम्बर…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

Read More

नेपालगञ्ज – नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूको नेपालगन्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

Read More

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत डा। करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबिच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक सङ्घ जुम्ला जनाएकाे छ । सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रस्टै देखिन्छ । कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न गल्ती हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । डा. साहले…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त बानियाँको निधन भएको छ । संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनलाई मुटुको समस्या थियो ।

Read More

डडेल्धुरा – दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टको जिम्मेवारी खोसिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति बिष्टको जिम्मेवारी खोसिएको हो। उनीमाथि आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका थियो। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले बिष्टको जिम्मेवारी खोसिएको पुष्टि गरे। ४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा १ सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ। यसअघि नै एसपी बिष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टिकरण सोधेको थियो भने रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र…

Read More