Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेपाल-बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बङ्गलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो । दुईदिन चल्ने बैठकमा जलश्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बङ्गलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् । बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्याङ्कहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरेकी छिन्। आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन्। नदीजन्य निर्माण सामग्री दस्तुर लिएर मात्र उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। ठेक्का व्यवस्थापनमा रहेका कमी–कमजोरीका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको भन्दै सभापति रावलले बहुवर्षीय ठेक्कामा सहमति लिने, सहजीकरण गर्नुपर्ने र सबैमा इबिडिङ लागू गर्नुपर्नेमा जोड दिइन्। निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्ने कुरामा ध्यान दिइनुपर्ने, निर्धारित समयभन्दा अघि आयोजना…

Read More

काठमाडौं – राष्ट्रियप्रजातान्त्रिकविद्यार्थीसंगठनले चक्रवर्ती हबि एजुकेशन एकेडेमीले अस्वभाविक रूपमा शैक्षिक शुल्क वृद्धि गरेकोमा ज्ञापनपत्र बुझाएको छ । पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजमा कानुन संकायको शुल्क बिना कुनै आधार र कारण बढाएकाले तत्काल बढाईएको मुल्य घटाउन राप्रविसंले माग गरेको छ । क्याम्पसले शैक्षिक बर्ष २०७९/८० का लागि बि.ए. एल.एल.बि. को ३,५४,००० तथा एल.एल.एम. को २ लाख फि बढाएको थियो । त्यस्तै क्याम्पसले पुर्वाधारहरु पर्याप्त उपलब्ध नगराएको तथा एउटै कक्षामा क्षमताभन्दा बढि विद्यार्थी राखेर पठनपाठन गराइरहेकाले तत्काल विद्यार्थीहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने संगठनका महासचिव एन्टिसंघर्ष राइले जानकारी दिनुभयो । कलेज प्रशासनले तत्काल शूल्क वृद्धि फिर्ता गरेर नियमित शैक्षिक पठनपाठन…

Read More

पाल्पा – रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित झिरुबासमा बिहीबार जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन्। भुवनपोखरीको अमिलेबाट जिल्लाको सदरकुमाम तानसेनतर्फ आउँदै गरेको लु१ज २१६९ नम्बरको जिप बिहान दुर्घटना हुँदा अमिलेका ५९ वर्षीया जुनकला पोखरेल र ४६ वर्षीया कमला आले घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। उनका अनुसार जुनकलाको अवस्था गम्भीर छ। उनको टाउकोमा चोट लागेको छ। घाइते दुवैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। ओरालो सडकमा रोकेर सामान झार्ने क्रममा जिप एक्कासि गुडेर दुर्घटना भएको थापाले बताए। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराउनुभो । भोलि बिहान ८ बजे बस्ने गरी बैठक सकियो’ पोखरेलले भने । स्थायी समिति बैठकमा स्थानीय तहको चुनावमा भएको अन्तर्घातका विषय र विद्यार्थी विवादका विषयमा…

Read More

काठमाडौं – अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा एक लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा गजल प्रतियोगिता गर्न लागिएको हो । परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् । परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउन लागिएको उनले बताइन् । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवं प्रतियोगिता संयोजक घनेन्द्र ओझाले राज्य तहबाट…

Read More

काठमाडौँ – आज काठमाडौं आउन लागेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपराह्न साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। उनी काठमाडौंमा हुने एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ। लुको काठमाडौँ भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन्। काठमाडौँमा रहँदा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्। उनको अरू भेटघाटबारे खुलाइएको छैन। नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे बहस…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन्।मन्त्री श्रेष्ठले रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशनसमेत दिए। मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको…

Read More

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । यस सँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न सङ्गठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

Read More