काठमाडौं – राष्ट्रियप्रजातान्त्रिकविद्यार्थीसंगठनले चक्रवर्ती हबि एजुकेशन एकेडेमीले अस्वभाविक रूपमा शैक्षिक शुल्क वृद्धि गरेकोमा ज्ञापनपत्र बुझाएको छ ।
पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजमा कानुन संकायको शुल्क बिना कुनै आधार र कारण बढाएकाले तत्काल बढाईएको मुल्य घटाउन राप्रविसंले माग गरेको छ ।
क्याम्पसले शैक्षिक बर्ष २०७९/८० का लागि बि.ए. एल.एल.बि. को ३,५४,००० तथा एल.एल.एम. को २ लाख फि बढाएको थियो । त्यस्तै क्याम्पसले पुर्वाधारहरु पर्याप्त उपलब्ध नगराएको तथा एउटै कक्षामा क्षमताभन्दा बढि विद्यार्थी राखेर पठनपाठन गराइरहेकाले तत्काल विद्यार्थीहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने संगठनका महासचिव एन्टिसंघर्ष राइले जानकारी दिनुभयो ।
कलेज प्रशासनले तत्काल शूल्क वृद्धि फिर्ता गरेर नियमित शैक्षिक पठनपाठन सुचारु नगरे विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।