Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको बगौरा बजारमा तथा गोकुलेश्वर बजार क्षेत्रमा अनुगमन गरिएको छ । शनिबार सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको नेतृत्वमा बजार अनुगमन गरिएको हो । शुद्धता कायम गराउन र दर्ता गरेर मात्रै व्यवसाय संचालन गराउने हिसाबले यो अनुगमन गएिको सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, दार्चुला घरेलु तथा साना उद्योगको संयुक्त अनगुमन टोलीले शैल्यशिखर नगरपालिकाका दुई वटा बजारमा अनुगमन गरेको हो । अखाद्य तथा गुणस्तर हिन बस्तुको विक्रिवितरणमा तिब्रता आएको सूचना आएपछि अनुगमन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिनु भएको छ । पहिलो चरणमा सन्देश दिने हिसावले बजार अनुगमन…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को आज बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउन लागेको हो । सचिवालयको फिर्ता बोलाउने निर्णय आज बसेको बैठकले सर्वसम्मतले पारित गरेको छ। यस्तै बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ भने कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनित गरेको छ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ सय ३७ पिसिआर परीक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन् । हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे । उनले भने–‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन् । यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विद्येयक पारित गराउने हो भने नेपालका जनता चाहीँ अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरु बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौं । नागरिकतासम्बन्धी पटक–पटक सर्वोच्चले पनि…

Read More

ललितपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छिन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् , ‘जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।’ ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरि विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाइन् । उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरिन् । मन्त्री भुसालले भनिन्, ‘जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ,…

Read More

कर्णाली – कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले यातनाविरुद्धको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। शनिबार यातना पीडितहरूको सहयोगसम्बन्धी अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगले विज्ञप्ति निकालेर यातना सम्बन्धमा आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको हो। आयोगबाट सिफारिस गरिएका घटनाहरूमा पीडितलाई क्षतिपूर्ति दिलाउने बाहेक दोषीलाई कानूनी कारबाही गर्ने कार्य अत्यन्तै न्यून रहेको आयोगका सहसचिव डा। टीकाराम पोखरेलले बताए। उनले कारागारमा भइरहेका मृत्युका घटना रोकथामका लागि सुरक्षा प्रबन्ध प्रभावकारी गराउन, घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेका छन्। आयोगमा गत आर्थिक वर्षमा यातनाविरुद्धको अधिकारसम्बन्धी २३ वटा उजुरी परेका छन्। साथै पछिल्लो समय पर्वत, कैलाली, सुनसरी, विराटनगर र रोल्पा…

Read More

काठमाडौं – पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै प्रहरीले त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ। पछिल्लो समय नेपालमा मिटर ब्याजीले दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीबास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। यस्तै…

Read More

काठमाडौं – मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

Read More

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यस अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

Read More