Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ…

Read More

काठमाडौं – चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन् । पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अर्का एक अभियुक्त फरार रहेका छन्। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो। वीरगञ्ज महानगरपालिकास्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी थिइन्। अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश गरिने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट पारित भए राष्ट्रपति कहाँ पठाइनेछ । प्रमाणीकरण भएमा ऐनकोरुपमा कार्यान्वयनमा आउनेछ। त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी…

Read More

काठमाडौं – सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । थप विवरण प्राप्त भइसकेको छैन ।

Read More

दार्चुला – दार्चुलाको दुर्गम विगट गाउँपालिका अपि हिमालमा ‘उपाध्यक्षसँग गर्भवती महिला र सुत्केरी  कार्यक्रम’ सुरु गरिने भएको छ । गत असार १० गते गाउँसभामा पेशगरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले गर्भवती महिला तथा सुत्केरी महिलाहरूलाई नियमित स्वास्थ्य जाँच गराउन र संस्थागत सुत्केरी गराउन प्रोत्साहन गराउने उद्देश्यले सो कार्यक्रम सुरु गरिने बताउनु भएको छ । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ लाख रुपैँया बजेट विनीयोजन गरिएको गाउँपालिकाले जनाएको छ । अपि हिमाल गाउँपालिकाभित्र कुनै पनि महिला गर्भवती भए गर्भवती जाँच गराउन स्वास्थ्य संस्था गएमा अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ। गर्भवती…

Read More

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर-गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले बिजयोत्सव मनाइरहेका छन् । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल प्रेसकर्मी नकुल अर्याल निर्वाचित भएका छन् ।…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यवधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २६ असार २०७९ मा राष्ट्रियसभामा दर्ता गरे । संवैधानिक परिषद बैठकबाट पदाधिकारी सिफारिस गर्नुपर्ने अवस्था नभएको र संसदबाट पारित हुन करिव असम्भव अवस्थामा देउवा सरकारले विवादास्पद प्रावधान समेटेर संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि यसको चौतर्फी बिरोध भयो । प्रधानमन्त्री देउवाले एकाएक विधेयक ल्याएपछि आफ्नै पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा समेत विरुद्धमा उभिए । सार्वजनिक रुपमा बिरोध गरे । त्यस लगत्तै प्रतिनिधिसभाको कार्यकाल केही महिनामात्रै बाँकी रहेको बेला उपसभामुखको निर्वाचन गराए । उपसभामुखमा सत्तासीन कांग्रेसकी नेतृ पुष्पा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३ हजार ८८८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् । मन्त्रालयका अनुसार उक्त अवधिमा ९५ जना कोरोनामुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७८ हजार २ सय २८ जनाले कोरोनाविरुद्धको खोप…

Read More

बुटवल – प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो । ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ । तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट…

Read More

काठमाडौं – संसदले कारागार विधेयक २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दफावार छलफल भएको थियो ।

Read More