Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – ताप्लेजुङमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छी माया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छी मायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ ।…

Read More

काठमाडौं — नेपाल प्रहरीमा एक हजार ७०८ प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहतर्फको रिक्त रहेकामध्ये एक हजार ७०८ जना प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी जवान पदमा रहेको उनीहरुलाई प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो । समूहतर्फका प्रहरी जवानहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवा सिफारिसको सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौँ – जिल्ला न्यायाधीशका लागि न्यायपरिषद्ले गरेको मागभन्दा १० गुणा बढी आवेदन परेको छ । न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार २१ जिल्ला न्यायाधीशका लागि दुई सयभन्दा बढी आवेदन परिषद्मा परेका छन् । संविधानअनुसार जिल्ला न्यायाधीशको नियुक्ति परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्छन् । यसरी विवरण दिनेमा सबै सरकारी कर्मचारी हुन् । न्याय सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकाले आवेदन दिएका हुन् । हाल देशभरका जिल्ला अदालतमा झन्डै चार दर्जन न्यायाधीशको पद रिक्त भए पनि पहिलो चरणमा २१ जनाका लागि सूचना निकालिएको हो । परिषद्ले जारी गरेको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ अनुसार २७ असारमा आवेदन आह्वान गरिएको थियो । संविधानको धारा १४९ (२) (क) बमोजिम पदपूर्तिका लागि सूचना निकालिएको थियो । …

Read More

सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले…

Read More

काठमाडाैं – नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे । आज शुक्रवार दिनभरकाे छलफलपछि नागरिकता ऐन २०६३ लाई संशाेधन गर्न बनेकाे विधेयक प्रतिनिधि सभाले बहुमतले पारित गरेकाे हाे । विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवारिक अङ्गीकृत नागरिकताका लागि…

Read More

दार्चुला – जिल्ला हुलाक कार्यालय दार्चुलाले ७ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा हुलाक कार्यालय दार्चुलाले ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरेको हो । हुलाक कार्यालय दार्चुलाका सुचना अधिकारी मदन सिह ठगुन्नाका अनुसार हुलाक सेवा शुल्कबाट ४ लाख ६९ हजार २सय ९२ रुपैँया प्रशासनिक सेवा शुल्कबाट ६सय ४५ तथा जिल्लामा रेडियो एफ एम नविकरण तथा रोयल्टी वाफत २ लाख २० हजार ७ सय ७७ रुपैँया अन्य विक्रीबाट १ हजार ८ सय गरी गत आर्थिक वर्षमा ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाले…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित छन् भने ८० जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए। गत आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो। त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ।

Read More

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएको भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरू पनि दीर्घकालीन रूपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन्। बैठकले सरकारी भन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानूनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ ।…

Read More

काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेको अवस्थामा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न, उनीहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णयबाट एक कार्यदल गठनका निम्ति निर्देशन दिएका छन्। तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहने छन् । समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकहरुको एकिकृत तथ्याङ्क तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात…

Read More