Author: महेन्द्रनगर पोष्ट

टोकियो — पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जापानको हिरोसिमास्थित संग्रहालयको भ्रमण गरेका छन् । दाहालसहितको् टोलीले आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका हुन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् । दाहाल यही २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – बुटवल तर्फ जाँदै गरेको ट्रक गुल्मीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो। ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको गुल्मी प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ । “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधि सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

Read More

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् । अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ । गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १८ जना…

Read More

काठमाडौँ- गीतका कारण सर्जक शिव हमाल विवादमा परे। उनको शब्द रचना रहेको तीज गीत ‘पापाकी परी’ सार्वजनिक भएपछि उनी विवादमा परेका थिए। गीतको म्युजिक भिडिओमा मोडल करिश्मा ढकाललाई पेटिकोट लगाएर नचाएपछि गीत विवादमा परेको हो। विवाद चर्किएपछि गीतको दृश्य सम्पादन गरिएको छ। गीतको केही शब्द पनि हटाइएको छ। सार्वजनिक गीत आशिष अविरलको संगीतमा सुशीला पाठकले गाएकी हुन्। गीत रिलिज भएकै दिन आलोचना सुरु भएको थियो। आलोचना बढ्दै गए पनि गायिका सुशीला पाठक गीत नहटाउने जिकिर गरिरहेकी थिइन्। गीतकी मोडल करिश्मा पनि गीत हटाउन नहुने अडानमा थिइन्। तर शिवले गीतका केही शब्द र दृश्य हटाउन दबाब दिएका थिए। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी समेत…

Read More

दार्चुला – जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक सर्पदंशको उपचार सुरु भएको छ । सुदूरपश्चिम प्रदेश क्षेत्रिय मेडिकल स्टोरबाट जिल्ला अस्पताल दार्चुलालाई ६० भाइल “एन्टी स्नेक भेनम” औषधी उपलब्ध गराएपछि अस्पतालमा सर्पदंशको उपचार सुरु भएको हो । सर्पदंशको उपचार जिल्लामै गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही महिना अघि जिल्ला अस्पताल दार्चुलामा कार्यरत ३ जना स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी राजेश भट्ट, डाक्टर डम्मर दत्त भट्ट र सरिता धामीले तालिम लिएका हुन् । यसअघि सर्पदंशको उपचार गर्न तराई लगायत भारत जानुपर्ने बाध्यता रहेकोमा जिल्ला अस्पताल दार्चुलामै अब उपचार सम्भव भएपछि सर्पको टोकाईबाट ज्यान जानुपर्ने अवस्थाको अन्त्य हुने भएको…

Read More

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन् । ४६८२ जनामा गरिएको नमूना परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । साथै एक जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ४४० जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छ ।

Read More

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्व श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन आग्रह गरे । नेपाली कांग्रेसका युवानेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताए । उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले…

Read More

काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले पाँच दलीय गठबन्धन आफ्नो पार्टीसँग एक्लै लड्न डराइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “नेकपा एमालेसँग एक्लै लड्न सक्दैनौ भनेर पाँच दलीय गठबन्धन गर्न लागिएको जगजाहेर छ । एमाले आवश्यक पर्दा एक्लै पनि प्रतिस्पर्धा गर्न तयार छ । कोही राजनीतिक पार्टीले चाहेमा साथ र सहयोग लिएर जान पनि तयार छ ।” उनले गठबन्धनका दलहरु नेपाली कांग्रेसमा प्रवेश गरे पनि एमाले नडराउने बताए । पण्डितले थपे, “एमालेको दबाबले गर्दा घोषणा गर्न सरकार बाध्य भएको छ । गठबन्धनका दलहरु अझै…

Read More

काठमाडौं – हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् । जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ । ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उदेश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए । यसले वैधानिक पूर्णता…

Read More