Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । थप विवरण प्राप्त भइसकेको छैन ।

Read More

दार्चुला – दार्चुलाको दुर्गम विगट गाउँपालिका अपि हिमालमा ‘उपाध्यक्षसँग गर्भवती महिला र सुत्केरी  कार्यक्रम’ सुरु गरिने भएको छ । गत असार १० गते गाउँसभामा पेशगरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले गर्भवती महिला तथा सुत्केरी महिलाहरूलाई नियमित स्वास्थ्य जाँच गराउन र संस्थागत सुत्केरी गराउन प्रोत्साहन गराउने उद्देश्यले सो कार्यक्रम सुरु गरिने बताउनु भएको छ । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ लाख रुपैँया बजेट विनीयोजन गरिएको गाउँपालिकाले जनाएको छ । अपि हिमाल गाउँपालिकाभित्र कुनै पनि महिला गर्भवती भए गर्भवती जाँच गराउन स्वास्थ्य संस्था गएमा अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ। गर्भवती…

Read More

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर-गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले बिजयोत्सव मनाइरहेका छन् । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल प्रेसकर्मी नकुल अर्याल निर्वाचित भएका छन् ।…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यवधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २६ असार २०७९ मा राष्ट्रियसभामा दर्ता गरे । संवैधानिक परिषद बैठकबाट पदाधिकारी सिफारिस गर्नुपर्ने अवस्था नभएको र संसदबाट पारित हुन करिव असम्भव अवस्थामा देउवा सरकारले विवादास्पद प्रावधान समेटेर संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि यसको चौतर्फी बिरोध भयो । प्रधानमन्त्री देउवाले एकाएक विधेयक ल्याएपछि आफ्नै पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा समेत विरुद्धमा उभिए । सार्वजनिक रुपमा बिरोध गरे । त्यस लगत्तै प्रतिनिधिसभाको कार्यकाल केही महिनामात्रै बाँकी रहेको बेला उपसभामुखको निर्वाचन गराए । उपसभामुखमा सत्तासीन कांग्रेसकी नेतृ पुष्पा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३ हजार ८८८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् । मन्त्रालयका अनुसार उक्त अवधिमा ९५ जना कोरोनामुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७८ हजार २ सय २८ जनाले कोरोनाविरुद्धको खोप…

Read More

बुटवल – प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो । ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ । तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट…

Read More

काठमाडौं – संसदले कारागार विधेयक २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दफावार छलफल भएको थियो ।

Read More

काठमाडौँ – संसदीय छानबिन समितिको आज (आइतबार) बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने भएको छ । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय भएको बताए । अर्थ मन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बतायो ।

Read More

भक्तपुर – भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो । घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

सर्लाही – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सबाेधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । माओवादी केन्द्रले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गरेको उनकाे भनाइ थियो । ‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ ।’ उनले भने, ‘हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौं । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहान्छु…

Read More