Author: महेन्द्रनगर पोष्ट

उदयपुर – सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूमा कटारी नगरपालिका–८ का २२ वर्षीय मनोज ठकुरी टाउको र ढाडमा, ५५…

Read More

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुख चयनका लागि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन् । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन । दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशको बजेट विवाद समाधान भएको छ । प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बजेट माथिको छलफल सकिएपछि राती अवेर बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८०…

Read More

काठमाडौं- आजबिहीबार सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।आजको बैठमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले जवाफ दिनेछन्। बुधबार बसेको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गरेका थिए । बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना,…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। तर प्रचण्डले गर्ने भेटवार्ताको तालिका भने आइसकेको छैन।

Read More

दार्चुला – व्यासँ गाउँपालिका वडा नं १ छाङरुका भास्कर सिह लाला नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अध्यक्षमा चयन भएका छन । उनी सर्वसम्मत अध्यक्षमा चयन भएको बताइएको छ ।भास्कर सिह लाला व्यासँ गाउँपालिकाका स्थानीय बासिन्दा हुन । दार्चुलाबाट उनी चार्टर्ड एकाउन्टेन्ट्सको अध्यक्ष बन्ने पहिला व्यक्ति हुन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल चार्टर्ड एकाउन्टेडस ऐन २०५३ अन्तरर्गत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखा सम्बन्धि पेशा तथा शिक्षा क्षेत्रलाई नियमित गर्न नियमनकारी निकायको रुपमा काम गर्ने गरेको छ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट…

Read More

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

Read More

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ताको काम हुँदैछ । आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। त्यस्तै, १:३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ। उपसभामुखको निर्वाचन भोलि शुक्रबार दिउँसो ३ बजे हुनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्नेु कार्यसूची छ।

Read More

– प्रकाशकीय अक्सफोर्ड मिडिया प्रा.लि.द्वारा प्रकाशित/प्रसारित महेन्द्रनगरपोष्ट डटकम (www.mahendranagarpost.com) आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । महेन्द्रनगरपोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपालीभाषी आम पाठकहरुका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य सहित दुइ वर्ष अघि महेन्द्रनगरपोष्ट अनलाईन पत्रिका पाठक माझ आएको थियो । पछिल्ला दुई वर्षमा हामीले पाठकको उत्साहप्रद सहभागिता र माया पाएका छौं । जसले हामीलाई अझ दृढतापूर्वक सूचना कर्ममा डट्ने उर्जा…

Read More