Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा आज संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ । विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि।सं। २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो । यस अवसरमा पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।

Read More

काठमाडौं – नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एक्कासी बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२ जना नयाँ संक्रमित थपिएका छन् । देशभर गरिएको १६२० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ८४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा देशभर २ सय ६१ सक्रिय संक्रमित पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

दार्चुला – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध असार १६ गते विहान ५ बजे देखि १६ गते बेलुका ८ बजे बजेसम्म खोलिने भएको हो । पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए । बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा…

Read More

रुपन्देही – विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका हुन् । लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताए । उनले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिएका हुन् । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो विवादपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिले प्रतिवेदन…

Read More

काठमाडौं – सरकारले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । असार १४ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए । उनले सरकारले वीरगञ्ज–सिमरा–पोखरीया प्रशारण लाइनको टावर तथा सब स्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ती गर्ने र प्रारीम्भक कारबाही…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन्। उनले सो विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘नागरिकता सम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधि सभामा छ। त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ। र त्यसलाई पनि एउटा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ।’उनले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा…

Read More

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् । सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो । दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० बर्षीय मनोरथ नाथ रहेका छन् । यसैगरी, दार्चुलाको लेकम -१ सिजालीका ३२ बर्षीय मानसिंह कार्की र उनकै ३० बर्षीय श्रीमती भागरथी कार्की रहेका छन् । घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३ जनाको हात, खुट्टा…

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा भ्रामक र गलत सूचनाको उच्च जोखिम हुने बताएका छन् । आमनिर्वाचन र भ्रामक सूचनाको प्रभावबारे जर्मन संस्था फ्रेडरिक एबर्ट स्टीफटङ नेपालको सहयोगमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रामक सूचनाले मुलुकको विकास निर्माणलाई नै प्रभावित गरिरहेको बताए । उनले भने, ‘अहिले भ्रामक सूचना यतिसम्म खतरनाक छ कि यसले कतिपयको ज्यान लिइरहेको छ भने कतिपय अवस्थामा मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको छ । अब हरेक मान्छेले कुन सूचना सही छ ? र कुन गलत छ ? भनेर छुट्याउन सक्नुपर्छ ।’ उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएकी छन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फर्छ्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताइन् । आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले सुनाइन् । ‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहोर्‍याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ’, उनले भनिन् ।…

Read More

काठमाडौं – ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए ।पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई उनले आईतबार राति कुटपिट गरेका थिए । घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् । प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थप अनुसन्धान अघि बढाइएको एसपी शर्माले जानकारी दिए ।

Read More