Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् । शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज शनिबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको…

Read More

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताए । इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गरे । ‘६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउँदैछौं,’ घिसिङले भने, ‘त्यसपछि गम्भीर समस्या समस्या आउनसक्छ, तपाईंहरु प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर सेवा…

Read More

जुम्ला– १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् । १५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि जितेको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगिताको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । यसैगरी पातारासीले पुरुष भलिबल प्रतियोगिता जित हात पारेको थियो भने कनकसुन्दरी द्वितीय भएको थियो । महिला भलिबल प्रतियोगितामा कनकसुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्वितीय चन्दननाथ नगरपालिका भएको छ । कबड्डीमा चन्दननाथ…

Read More

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्ने भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ । केन्द्रिय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित बिधानलाई पारित गर्नेलगायतका अजेन्डामा बैठकका लागि तय गरिएका छन । ‘अपरान्ह १ बजे देखी बस्ने बैठकले केन्द्रिय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् । ‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । अन्य दलहरूसँग पनि परामर्श गर्छौँ र समिति तोक्छौँ‚’ बैठकमा सहभागी स्रोतले बताएका छ‚ ‘अर्को साता मिति प्रस्ताव गर्न प्रधानमन्त्रीले भन्नुभएको छ । आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न…

Read More

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थल’को स्थलगत निरीक्षण गर्ने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले आज विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन् । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको भ्रमणमा आउन लागेका हुन् ।

Read More

काठमाडौं – सत्ता गठबन्धनका नेताहरुले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौँबाट शनिबार बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जाने भएका हुन् । वातावरण र पूर्वाधार विकासबिच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।

Read More

दार्चुला – अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा निकासीबाट ३० लाख बढि रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले हालसम्म ७ सय किलोग्राम यार्सागुम्बा निकासी बाफत ३० लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षक अधिकृत नुरेन्द्र अर्यालका अनुसार कार्यालयले प्रतिकिलोग्राम ३० हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको बताएका छन । जिल्लाबाट यसवर्ष ५ सय किलोग्राम यार्सागुम्बा निकासी गर्ने कार्य योजना रहेको उहाँले बताउनु भयो । कार्यालयले भदौ मसान्त भित्र जिल्लाबाट यार्सागुम्बा निकासा गरि सक्ने गरी कार्यदेश दिएको छ । पछिल्ला हरेक वर्ष जलवायु परिर्वतनसँगै हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा उत्पादनमा कमी हुँदै…

Read More

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी भएको बताए । कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिंक टयांक नै बनाएको भन्दै उनले त्यसकै आधारमा अघि बढ्ने बताए । ‘नेपालको कानुन निर्माणको सबभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित हुन्छौं,’ उनले भने, ‘लिगल थिंक टयांक बनाएको छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ । नत्र भने त सबै…

Read More

काठमाडौं – विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको छ। शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ। जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको क्रान्तिकारीको आरोप छ।

Read More