Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

Read More

काठमाडौं – प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो । गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो प्रस्तावलाई पठाउने प्रस्तावलाई आइतबारको प्रतिनिधिसभाले बहुमतले स्वीकृत गरेको हो । गत फागुनमा संसदले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन…

Read More

काठमाडौं – लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् । लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् । आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको…

Read More

काठमाडौं – गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गरेका हुन् । उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

Read More

काठमाडौं – सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उनले जानकारी दिए । समूहले १ महिनाको समय पाएको छ । समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न…

Read More

काठमाडौंँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले एक चीन नीतिमा उभिन सरकारलाई अनुरोध गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप ज्ञवालीले चीन र ताइनवानबीचको तनावमा हस्तक्षेप गर्न नहुने बताए । उनले नेपाल एक चीन छिमेक नीतिमा उभिनुपर्नेमा जोड दिए । उनले तिब्बत, हङकङ र ताइवान समेत चीनको अङ्ग भएको नेपालले स्वीकार गर्नुपर्ने बताए ।

Read More

काठमाडौं – सञ्चार तथा सुचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहित्कारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताएका हुन् । उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य कार्य गरेको बताउदै यस्ता कलाकारलाई अमुल्य गहनाको रुपामा संरक्षण गर्नुपर्ने बताए । उनले भने,‘१२ वर्षिया वाललेखिकाको पुस्तकले लाखौंलाई प्रेरणा दिएको छ । उनको यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्नेछ ।’ यस्ता साहित्यकारको रचनालाई सञ्चारमाध्यमले प्रचार–प्रसार गरेर सहयोग गर्नु सबैको कर्तब्य भएको बताए । विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणी चौधरीले सानै उमेरमा साहित्यको माध्यमबाट…

Read More

काठमाडौँ – नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ । आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गरेका हुन् । स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्‍याउनुपर्ने पनि उनले बताए । स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सञ्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौँ मानिसहरू यसको सुविधाबाट वञ्चित भएको उनले बताए । ६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले गंगालाल…

Read More

काठमाडाैं – आइतबार सुनचाँदी दुवैको मूल्यमा घटेको छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको १२ सय २० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट देखिएको छ। गत शुक्रबार प्रतिऔंस १७९२.५८ डलरमा कारोबार भएको सुन घट्दै आइतबार…

Read More