काठमाडौं – सञ्चार तथा सुचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहित्कारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताएका हुन् । उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य कार्य गरेको बताउदै यस्ता कलाकारलाई अमुल्य गहनाको रुपामा संरक्षण गर्नुपर्ने बताए । उनले भने,‘१२ वर्षिया वाललेखिकाको पुस्तकले लाखौंलाई प्रेरणा दिएको छ ।
उनको यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्नेछ ।’ यस्ता साहित्यकारको रचनालाई सञ्चारमाध्यमले प्रचार–प्रसार गरेर सहयोग गर्नु सबैको कर्तब्य भएको बताए । विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणी चौधरीले सानै उमेरमा साहित्यको माध्यमबाट अघि बढ्नु महत्वपुर्ण विषय रहेको बताउदै यस्ता प्रतिभालाई सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने,‘यो प्रशंसनीय सिर्जनाको कारण वाललेखिकाको भविश्य उज्वल बन्नेछ ।’
पुर्वमन्त्री एवं साहित्यकार शंकरप्रसाद(एसपी) कोइरालाले विज्ञान र अनुसन्धानमा आधारित यो छोटो उपन्यासले धेरैको मन छुन सक्ने बताए । उनले भने,‘उपन्यास लेख्न कठिन छ, नानीले कल्पनाको उचाई छोएकी छिन् ।’ उनले यस्ता लेखिकालाई सरकारले सम्मान गर्नुपर्ने बताए । लेखिका गीतले आमावावुको प्रेरणाबाट आफुले दोस्रो कृति प्रकशित गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो उपन्यासमा विज्ञान, अनुसन्धान विषयमा आधारित भएको बताइन् । १२ वर्षिया पछाईले सबैको प्रेरणा पाएको थप कृति प्रकाशित गर्ने बताइन् । आफुले अध्ययन र अनुसन्धान गरेका विषयलाई समेटेर छोटो उपन्यास तयार गरेको बताउदै लेखिका पछाईले भने,‘यो पुस्तक लेखेर मलाई थप उर्जा मिलेको छ, सबैको सहयोगमा पुन: साहित्यमा लागिरहनेछु ।’
लेखिकाका आमा जानुका ढकालले १० वर्षको उमेरमा तयार गरेको सो पुस्तक कोभिड लगायत विविध कारणले बल्ल प्रकाशन गर्ने अवसर मिलेको बताइन् । उनले भनिन्,‘छोरीको चाहना गित लेख्नु थियो । उनले केही गित लेखेकी छिन् । उनले अहिले तयार गरेको उपन्यासले विज्ञान र अनुसन्धानको विषयमा महत्वपुर्ण ज्ञान दिनेछ ।’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त ढकालले हाम्रो चाहना बुझेर छोरीले साहित्यतिर हाल हाल्नपुगेकी बताइन् । उनको भनिन्,‘किर्ति पढेर हामी खुसी छौ, हामीले यो आशा गरेका छौ कि यस्ताकिर्तिलाई सबैले माया गर्नुपर्छ ।’