Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ। चाँदीको भाउ भने बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । यसको आधिकारिक जानकारी हिजो गराइएपछि उनले आज पदभार ग्रहण गर्न लागेका हुन् । बोर्ड प्रवेश गर्दा कर्मचारीहरूले खादा र माला लगाइदिएका थिए । त्यस अवसरमा बाक्लो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

Read More

काठमाडौं – साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले १२ निर्णयहरु गरेको छ । जसमा सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साथै, सो बैठकमा सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल तथा सचिव सिंचाई सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, साउन ३० देखि भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौं सत्र आईजीसीभीमा नेपालको…

Read More

दार्चुला – दार्चुला जिल्ला अदालतका न्यायाधीश कोमल प्रसाद आचार्यको सरुवा भएको छ । न्यायपरिषद्ले मंगलबार आचार्य सहित दुई सय २४ जना न्यायाधीशहरुको सरुवा गरेसंगै उनको पनि सरुवा भएको हो ।न्यायपरिषद्ले उनलाई जिल्ला अदालत मोरङमा सरुवा गरेको छ । अब दार्चुला जिल्ला अदालतमा कैलाली जिल्ला अदालतका न्यायाधीश खेमराज भट्ट आउने भएका छन् । जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमल प्रसाद आचार्य गत वर्ष २०७८ मंसिर १३ गते दार्चुलाका आएका थिए ।

Read More

काठमाडौँ – शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो एक कार्यक्रमकाबीच सार्वजनिक गर्न लागिएको हो । ललितपुरको होटेल हिमालयन कुपन्डोलमा दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ।

Read More

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक-शिक्षिका निर्वाचनमा खटिएकाले…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । १२ गते दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरीसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।

Read More

फिलिपिन्स – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । भूकम्पले हल्लाउने बित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

Read More

काठमाडौँ – नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो। बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ। दुर्घटनामा करिब २१ जना यात्रु घाइते छन्। मध्यविन्दु जिल्ला अस्पताल डण्डामा घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए।

Read More

दार्चुला – दार्चुलाको व्यासँ गाउँपालिका अध्यक्ष मंगल सिह धामी अहिले निरन्तर जनताको घर–घरमा पुग्न थालेका छन् । चुनावका बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न तथा जनताका समस्याहरुलाई बुझनका लागि गाउँपालिका अध्यक्ष धामी अहिले स्थानीयका घर–घरमा पुगिरहेका हुन् । मंगलबार मात्रै गाउँपालिका अध्यक्ष मंगल सिह धामी सहितको टोलीले गाउँपालिकाको वडा नं ३ मा पुगेर स्थानीय जनताहरुको समस्या बुझेका छन् । यसै अन्तरर्गत गाउँपालिका अध्यक्ष धामीले प्यारालाइसिस भएका गगन सिह धामीलाई परिचयपत्र विरतण समेत विरतण गरेको छ । विगत लामो समय देखि प्यारालाइसिस परेर गाउँपालिका सम्म धाउन नसकेका धामीलाई गाउँपालिका अध्यक्ष धामीले भेटघाट संगै परिचय पत्र विरतण गरेको गाउँपालिका अध्यक्ष धामीको सचिवालयले जनाएको…

Read More