दार्चुला – दार्चुलाको व्यासँ गाउँपालिका अध्यक्ष मंगल सिह धामी अहिले निरन्तर जनताको घर–घरमा पुग्न थालेका छन् ।
चुनावका बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न तथा जनताका समस्याहरुलाई बुझनका लागि गाउँपालिका अध्यक्ष धामी अहिले स्थानीयका घर–घरमा पुगिरहेका हुन् । मंगलबार मात्रै गाउँपालिका अध्यक्ष मंगल सिह धामी सहितको टोलीले गाउँपालिकाको वडा नं ३ मा पुगेर स्थानीय जनताहरुको समस्या बुझेका छन् ।
यसै अन्तरर्गत गाउँपालिका अध्यक्ष धामीले प्यारालाइसिस भएका गगन सिह धामीलाई परिचयपत्र विरतण समेत विरतण गरेको छ । विगत लामो समय देखि प्यारालाइसिस परेर गाउँपालिका सम्म धाउन नसकेका धामीलाई गाउँपालिका अध्यक्ष धामीले भेटघाट संगै परिचय पत्र विरतण गरेको गाउँपालिका अध्यक्ष धामीको सचिवालयले जनाएको छ ।
भेटघाट संगै अध्यक्ष धामीको टोलीले नगद आर्थिक सहयोग समेत गरेको छ । गाउँपालिका सम्म आउन नसक्ने र मेडिकल चेकजाँचका लागि स्वास्थ्य संस्था सम्म पुग्न नसकेका कारण आज गाउँपालिकाको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण संगै आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिनु भएको छ । यस्तै उहाँले स्थानीय सरकार घरमै आएर आफ्नो पाउने सेवा सुविधामा सहजीकरण गरिदिएकोमा अध्यक्ष लगायत टोलीलाई धन्यबाद दिएका छन् । प्यारालाइसिसको समस्यामा रहेका गगन सिह धामीलाई गाउँपालिका अध्यक्ष धामीले व्यतिmगत ५ हजार रुपैँया आर्थिक सहयोग गरेको पनि बताइएको छ ।
भेटघाट तथा स्वास्थ्य चेकजाच कार्यक्रममा व्यासँ गाउँपालिका महिला शाखा प्रमुख सरस्वती कुवर तथा स्वास्थ्य चौकी सुन्सेराका स्वास्थ्य चौकी प्रमुख जमन सिह बडालको सहभागिता रहेको थियो । साथै गाउँपालिका अध्यक्ष धामीको टोलीले गत असार २२ गते महाकाली नदी माथि तुइन तर्नेक्रममा तुइन बाट खसेर बेपत्ता भएका सचिन बुढाथोकोको परिवारलाई गाउँपालिकाले केही दिन भित्र आर्थिक सहयोग गर्ने जनाएको छ । केही दिन पहिले पनि गाउँपालिका अध्यक्ष धामीको टोलीले वडा नं २ राप्लामा पनि एक जना व्यतिmलाई आर्थिक सहयोग तथा स्वास्थ्य परीक्षण गरेको थियो ।