Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ । यी हुन् गौतमको पार्टीका केन्द्रीय सदस्यहरू :

Read More

काठमाडौं – सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ। बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुंगा चलाउन पूर्णरूपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको हो। नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ। साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ। यद्यपि, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको…

Read More

काठमाडौं – नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबज): राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

Read More

काठमाडौं – जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे । जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौं र युक्रेनलाई जति समय लाग्छ त्यसको साथमा उभिनेछौं’, उनीहरूले विज्ञप्तिमा भनेका छन् । ‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेन विरुद्धको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानूनी आक्रामक युद्धको…

Read More

काठमाडौं –  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको आज अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका थिए । मन्त्री बडूले काठमाडौँ केन्द्रित व्यवसायीका लागि सुक्खा बन्दरगाहमार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुक्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिए । उनले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण…

Read More

काठमाडौँ – आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

Read More

काठमाडौं – मंगलबार सुन-चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता बामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्ने भएका छन्। उनले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्।नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन्।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताएका छन्।पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताएका थिए। अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको र असमानता तथा विभेदको खाडल गहिरिँदै गएको भन्दै पुनले त्यसका लागि पुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क गरेका छन्। पुँजीवादको विकल्प समाजवाद भएको भन्दै उनले फेरि एकपटक संसारभर समाजवादी व्यवस्था स्थापना हुने बताए।‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ। यो पुँजीवादी विश्वव्यवस्थामा आएको संकट हो’, काठमाडौंमा भएको नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा उनले भने, ‘मार्क्सले भन्नुभएको थियो-पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ। त्यो…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। गएराति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए। बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, कृषिमन्त्री रहेका महिन्द्र राय यादवलगायत केही नेतालाई कारबाहीको निर्णय गरेको छ। राष्ट्रियसभा सदस्य यादवले अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर अभियान चलाएको सुनिएकाले त्यसो हो भने त्यो पार्टी…

Read More