Author: महेन्द्रनगर पोष्ट

धनगढी – आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ। ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? ’ लगायत यावत् सवालमा अहिले जताततै चर्चा परिचर्चा छ। त्यसमाथि सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीलाई अझ विषेश रुपमा हेरिन थालिएको छ। खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आमरुपमा देखिन्छ। स्थानीय चुनावका लागि धनगढीमा दलहरूले उम्मेदवार छान्न सुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ। खासगरी प्रमुख राजनीतिक दल नेकपा एमाले, नोपली कांग्रेस, नेकपा माओवादी…

Read More

कठमाडौं – काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखामा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उपरीक्षक जोशीले तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोतसाधनको उच्चतम् प्रयोगका लागि सुरु गरिएको यो प्रशिक्षण फलदायी हुने जनाए । सडक प्रयोगकर्तालाई सरल र…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।” अध्यक्ष दाहालले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्र्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने बताउनुभयो । “आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा हुन्छ”, उहाँले भन्नुभयो, “गठबन्धनका पार्टीहरुबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका…

Read More

काठमाडौं – माधव नेपालका १४ सांसदविरुद्ध नेकपा एमालेले हालेको रिटको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले सर्वोच्च पुगेको थियो। उक्त मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ । बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ । शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।

Read More

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ । क्रेमलिननजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरुले यस्तो दाबी गरेका हुन । खुफिया गठबन्धनमा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत, अमेरिकाका गुप्तचर अधिकारी छन् । युक्रेनमा हमला गर्ने पुटिनको निर्णयपछाडि मनोवैज्ञानिक व्याख्या रहेको बताइएको छ । खुफिया समूहले ६९ वर्षीय पुटिनको ‘बढ्दो अनियमित व्यवहार’ बारे रिपोर्टहरू सेयर गरिरहेको छ । ‘यी केवल मानव स्रोतहरू हुन, जसले तपाईंलाई पुटिनको मानसिकताकोे समृद्ध चित्र प्रदान गर्न सक्छ’, सुरक्षा स्रोतलाई उदृत गर्दै बेलायती समाचार संस्था…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको दाबी गरेका छन् । आज आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री सो बताएका हुन् । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने छ ।’ अर्थमन्त्री शर्माले भन्सार कार्यालयहरूमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र…

Read More

काठमाडौं – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । एमालेको निरन्तरको अवरोधका कारण करिव ३ महिनादेखि अनिश्चित बन्दै आएको बैठक आइतबार दिउँसो १ बजेको लागि आह्वान गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको बैठक करिब तीन महिनापछि आज बस्ने तय भएको हो । प्रदेशसभा बैठक अघि दिउँसो ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची रहेको छ ।

Read More

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मुल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । गत शुक्रबार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य आज २०० रुपैंयाले बढेर प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोलामा ६०० रुपैंयाले बढेको थियो । यस्तै आज तेजावी सुनको मूल्य १ लाख २ हजार ३०० रुपैंया रहेको छ । यस्तै,महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।

Read More

सप्तरी — सप्तरीको टेंगरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवको घर अगाडि राखिएको रुखको पातबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।

Read More