काठमाडौं – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । एमालेको निरन्तरको अवरोधका कारण करिव ३ महिनादेखि अनिश्चित बन्दै आएको बैठक आइतबार दिउँसो १ बजेको लागि आह्वान गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको बैठक करिब तीन महिनापछि आज बस्ने तय भएको हो ।
प्रदेशसभा बैठक अघि दिउँसो ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची रहेको छ ।
Facebook Comments Box