कठमाडौं – काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखामा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उपरीक्षक जोशीले तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोतसाधनको उच्चतम् प्रयोगका लागि सुरु गरिएको यो प्रशिक्षण फलदायी हुने जनाए ।
सडक प्रयोगकर्तालाई सरल र सहजरुपमा सेवा प्रदान गरी ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिदैं तालिमलाई विशेष मौकाका रुपमा सदुपयोग गर्नुपर्ने बताए । उपरीक्षक जोशीले अझ बढी अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै बढीभन्दा बढी ज्ञान आर्जन गर्ने थलोका रुपमा उपयोग गर्न पनि प्रशिक्षार्थीलाई आग्रह गरे ।