Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

Read More

काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे संसदीय समितिमा छलफल हुने भएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा एसपीपीबारे छलफल हुन लागेको हो। बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएको हो। एसपीपी सम्झौतामाथि विवाद भएपछि नेपाल सरकारले अमेरिकालाई पत्र पठाउने निर्णय गरिसकेको छ। आज बस्ने समितिको बैठकमा त्यसबारे छलफल हुने सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्। गत १३ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई लेखिसकेको दाबी गरेका थिए। त्यसअघि अमेरिकालाई पत्राचार नगरेको चन्दै चर्को आलोचना भएको थियो।

Read More

दार्चुला – जिल्लामा पुनः कोरोना सङ्क्रमणदर वृद्धि हुन थालेको छ । केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो । कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । जिल्लामा भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षणदरमा बृद्धि गरिएको पुलघाटका स्वास्थ्यकर्मी रविन्द्र सिह ठगुन्नाले बताउनु भयो ।भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २ जनामा संक्रमण पुष्टि भइसकेको…

Read More

काठमाडौं – नवनियुक्त अर्थमन्त्री जर्नादन शर्माद्धारा पदभार ग्रहण गरेका छन् ।आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर‍याएका हुन् ।

Read More

सुर्खेत – कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान खोटाङमा गएको भूकम्पबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ । गृहमन्त्री खाँणले आज बिहान गएको ६ रेक्टर स्केलको भूकम्पबारे खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिनुभएको हो । उहाँले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिनुभएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।यस्तै पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री पुनः नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ । उनले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन् ।

Read More

काठमाडौं – नेपाल प्रेस युनियनले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । हालै हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शनिबार बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको आइतबार महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । उनका अनुसार पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई बैठकले आग्रह गरेको छ । पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनर्बहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको महासचिव पौडेलले जानकारी दिए । प्रेस विज्ञप्तिमिति २०७९–४–१५ नेपाल प्रेस युनियन वि.स.२०४८…

Read More

काठमाडौं – ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

Read More