काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे संसदीय समितिमा छलफल हुने भएको छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा एसपीपीबारे छलफल हुन लागेको हो। बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएको हो।
एसपीपी सम्झौतामाथि विवाद भएपछि नेपाल सरकारले अमेरिकालाई पत्र पठाउने निर्णय गरिसकेको छ। आज बस्ने समितिको बैठकमा त्यसबारे छलफल हुने सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्।
गत १३ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई लेखिसकेको दाबी गरेका थिए। त्यसअघि अमेरिकालाई पत्राचार नगरेको चन्दै चर्को आलोचना भएको थियो।
Facebook Comments Box