Author: महेन्द्रनगर पोष्ट

धनुषा – मिटर ब्याज लिएर ठगी गरेकाे आरोपमा धनुषामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो । प्रहरीको विशेष अनुसन्धान टोलीले असार २२ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । साँवा ब्याज लगायतको रकम भुक्तानी गरे पश्चात पनि आरोपितले जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिन्छु…

Read More

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ–तराई- मधेस दू्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गरे । रणनीतिक र दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उनले बताए । उनले भने, ‘विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ ।’ आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताए । लेख…

Read More

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् । ‘नेपालको चार दिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज दिउँसो निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ,’ प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबिच सहकार्यका विषयमा कुराकानी भएको बुझिएको छ ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् । सोमबार सम्पादकहरूसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न ।’ उनले अघि भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ? प्रधानमन्त्रीले चलाउनहुन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गम्भीर प्रश्न उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक-पटक सांसदहरुले नै गुनासो गर्ने गरेका छन् । आजको बैठकमा सांसदहरुले अर्थतन्त्र संकटमा परेको, पाठ्यपुस्तक समयमै पुग्न नसकेको, रासायनिक मलको अभाव, विपद्का घटनामा कमी आउन नसकेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन निर्देशन दिएका छन्।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनले ११ बुँदे माग प्रस्तुत गर्दै शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । राप्रविसंका मागहरु :१ ) कक्षा १२ सम्म शिक्षा निशुल्क गरियोस् ।२) समयमै पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराइयोस्।३) शिक्षालाइ व्यापारिकरण हुनबाट जोगाउन निजि शैक्षिक संस्थाहरुलाई कानुनको दायरामा ल्याइयोस् ।४) सामुदायिक विद्यालयको स्तरोन्नति गरियोस् ।५) शिक्षा र स्वास्थ्यलाइ राज्यको दायित्व सम्झि सर्वसुलभ बनाउने निति तत्काल ल्याइयोस् ।६) शिक्षा एन नियमावलीमा उल्लेख भए बमोजिम बिदेशी नाम खारेज, नियम बिपरिततको बिगज्ञापनमा रोक तथा चर्को शुल्क र शैक्षिक माफियाको अन्य गर्दै शिक्षालयलाई कानुनको दायरा भित्र ल्याइयोस् ।७) विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा दिइने भनिएको ४५% छुटको सहुलियत कडाइका साथ कार्यान्वयन…

Read More

काठमाडौं – नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन्। उनले सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्स निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत् तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाएको छ। ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ’, अन्तरपार्टी निर्देशनमा भनिएको छ। ‘गठबन्धन रहिरहेसम्म हामी केही…

Read More

काठमाडौँ – आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौँ रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरूलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढवा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले अभियान सुरु गरेको हो । अभियानका क्रममा अनेरास्ववियु कार्यकर्ताले परिवारका सदस्यलाई बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्रीसहित मन्त्री, नेताहरूको तस्बिर आफ्नो अनुहारमा टाँसेर रत्नचोकमा उभिएर दान मागेका थिए । ‘सरकारले आफ्नो परिवारका सदस्यका नाममा सरकारी बजेट नै विनियोजन गरेर राज्यकोषको दुरुपयोग भएको छ,’ अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले भने, ‘आफ्नो ट्रस्ट चलाउन सरकारी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थीतिमा सबैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संबैधानिक परिषद सबन्धी बिद्येयक दर्ता गरे पछि पछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन । उनले सो बिद्येयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन । ‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ,…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । सङ्घ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘अब इलेक्सनको मोडमा जाने बेला भएको छ’ थापाले भने,’ मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस् ।’ पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए । विगतको परम्परालाई…

Read More