Author: महेन्द्रनगर पोष्ट

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानअध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् । पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका आफन्तले शनिबारनै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् । पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको…

Read More

गुल्मी – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन्। राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन्। मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन्। विगतमा बनेका आयोगहरुले कामभन्दा पनि प्रवचन दिने गरेको टिप्पणी गर्दै मन्त्रीले यस आयोगले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्नसमेत उनले आग्रह गरे। भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो…

Read More

दार्चुला – दार्चुलाको दुुहुँ गाउँपालिकाका अमर बहादुर बमको रिहाईको माग गर्दै दार्चुलाका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले राष्ट्रपति विद्यादेवि भण्डारी लाई संयुक्त रुपमा अनुरोध गरेका छन् । नेकपा एमाले पोलिटव्युरो सदस्य,पुर्व मन्त्री एवं दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाको नेतृत्वमा राष्ट्रपति कार्यालय शितलनिवासमा पुगी यूएईमा मृत्युदण्डको सजाय सुनाईएर १९ वर्षदेखि कारगारको जीवन बिताईरहेका दार्चुला जिल्ला धारी गाबिसका अमर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै राष्ट्रपति भण्डारी समक्ष अनुरोध गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनु भएको छ । अनुरोध पछि राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलेका राजाको मृत्यु भएको तथा अहिले नयाँ आएका राजा संग कुराकानी गर्ने जानकारी दिनुभएको…

Read More

काठमाडौं – नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका छन् । उनले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि सुनाए । उनले भने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आईसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आँफैले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको…

Read More

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएका छन् । उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेका थिएनन् । बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन । ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा हुन्थे । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उनी यसमा कम्मर कसेर लागेका छन् ।  त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएका थिए । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएका थिए । बाख्रापालन…

Read More

काठमाडौँ – राष्ट्रिय व्यापार संघले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरूले व्यवसाय दर्तादेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए । ‘जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ’, उनले भने । अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि…

Read More

रुपन्देही – नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्पन्न चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो । युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लागानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए । ८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भए पनि औपचारिक रुपमा भने केही समयपछि विशेष…

Read More

जाजरकोट – जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती सुतेकै ठाउँमा मृत फेला परेका छन् । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

Read More

एजेन्सी –   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको पाउ धोएर जन्मदिन मनाएका छन् ।मोदीले आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएर आमासँगै बसेर दीयो जलाएर पूजा गरेका उनले मीठाई पनि खुवाएका छन् । यी दृश्यहरु मोदीले ट्वीट गरेका छन् । मोदीकी आमा हीरावेन मोदी स्वस्थ छिन् । उनले आमाको आशिर्वाद थापेका छन् ।

Read More

काठमाडौं – प्रधानसेनापति पर्शुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । भ्रमणको क्रममा, प्रधान सेनापति शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । यस भ्रमणपश्चात प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।…

Read More