Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी-४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई प्रहरीले पक्राउ गरेको छ । ​विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी…

Read More

काठमाडौं: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्। सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। राजमार्गमा स्कुल बस, ट्रक, ट्याङ्कर, कार र लरी दुर्घटनामा परेको हो। दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए। कार्कीका अनुसार सुरुमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्याङ्करले बा ७…

Read More

रसुवा – जनैपूर्णिमाको अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । कोरोनाका कारण दुई वर्षसम्म हुन नसकेको मेला यो वर्ष भने सुरु भएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताए । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको पनि उनले बताए । यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन् । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा…

Read More

काठमाडौं – सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठक केही ढिलागरी सुरु भएको हो। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन्। सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ। सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको…

Read More

काठमाडौं – राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२ औँ अधिवेशनको ४५ औँ बैठक हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।

Read More

रोल्पा – रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् । यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । जिल्लाका रिक्त रहेका विद्यालयहरूमा उनीहरूलाई पुनर्बहालीको पत्रसहित पठाई सकिएको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका कार्यालय प्रमुख दुर्गाबहादुर खड्काले बताए । पुनर्बहाली हुने शिक्षकहरूमा निम्न माध्यमिक तहमा कुमार शाह र डम्बरबहादुर बुढामगर रहेका छन् । यसैगरि प्राथमिक तहमा केशबहादुर…

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहयोगमा दार्चुलाका अल्लो उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको छ । जिल्लामा अल्लो उद्योग संचालन गरी व्यवसाय गर्दै आएका तीन जना उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको हो । आइतबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले जिल्लाका अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्नुभएको छ । उहाँले जिल्लाको महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका तीन अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गर्नुभएको हो । प्रविधि हस्तान्तरण कार्याक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले ग्रामिण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रवद्धन गर्नु जरुरी रहेको बताउनुभयो । साना, घरेलु…

Read More

काठमाडौं – आगामी मंसिरमा हुने आम निर्वाचनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन्। कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।…

Read More