Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- गैरआवासीय नेपाली संघले म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन आग्रह गरेको छ । एनआरएनएका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेको हो । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्याबारे अवगत गराएका थिए । उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन्…

Read More

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भनिन्, “जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ हुनुहोला ।” आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, “परम्परागत पहिचानलाई संवर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।” उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको कार्यालय घेराउ गर्ने भएको हो । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने प्रश्न गरे । उनले भने,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होइन ? आज यो खतरा पैदा भएको छ ।’ आफूहरू राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा…

Read More

बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए । पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

Read More

काठमाडौं – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिईन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिईन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

Read More

मङ्गलबारे– जबरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ । प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो…

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्य समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो । कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए । नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।

Read More

एजेन्सी – अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो । यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ । प्रशासनले भन्यो कि…

Read More

काठमाडौं – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसियाली छनोटमा सहभागी भएको नेपाली टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको छनोटमा सहभागी भएको नेपाली टोली शुक्रबार राति काठमाडौँ आइपुगेको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । एसियाली छनोटमा नेपाल ५ मध्ये ३ मा जित निकाल्न सफल भयो । ३ खेल जितेसँगै ६ अङ्क जोडेको नेपाल छनोटमा तेस्रो स्थान प्राप्त गर्न सफल भयो। छनोटमा शीर्ष स्थान प्राप्त गरेको यूएईले भने दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने भएको छ ।

Read More

काठमाडौं – सुरक्षा निकायले विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका छन्। मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनीकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेका हुन्। मनसुनजन्य प्रकोपहरूबाट सिर्जित विपद्का घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। त्यसैले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षा निकायले पूर्व तयारी अभ्यास गरेको हो।

Read More