Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने बताएकी छन् । विश्वभर आणविक हतियारको होडबाजी रोकिनुपर्ने आफूहरूको विश्वास रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा शनिबार ललितपुरको जावलाखेलमा आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । राष्ट्रपतिको सम्बोधनको पूर्ण पाठः यस सम्मेलनको उद्घाटन समारोहका अध्यक्ष,सम्मेलनमा सहभागी विद्वान र विदुषीहरू,सञ्चारकर्मी मित्रहरू,भद्र महिला तथा सज्जनवृन्द !नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा संयुक्त रूपमा…

Read More

कञ्चनपुर– धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले भने, ‘मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अवैधरुपले ल्याइएको मल प्रयोग गरेका छौँ ।’ भारतबाट तस्करी गरी बजारमा खुलेआम बिक्री भइरहेका रासायनिक मल नियमन गर्ने र गुणस्तर जाँच गर्ने निकायसमेत नहुँदा किसानले जस्तो मल पायो सोही प्रयोग गर्ने गरेका…

Read More

काठमाडौं – ‘छक्कापञ्जा ३’पछि चौंथो श्रृंखला फिल्म ‘छक्कापञ्जा ४’मा दीपकराज गिरीको लुक्स आउट भएको छ । गिरीलाई चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रमा पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ । टिकटकमा सार्वजनिक भिडियोमार्फत बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट–पाइन्टमा देख्न सकिन्छ । यही दृश्यमार्फत फिल्ममा दीपकको इन्ट्रीको रुपमा हेरिएको छ । भिडियोमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् । छायांकार नरेन्द्र मैनालीले फिल्म छायांकन गरेका छन् । फिल्ममा दीपक, बेनिशा, शिशिर बाङ्देल, केदार घिमिरे, राज आचार्य लगायतका कलाकारको अभिनय छ । दीपकराज गिरी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामाजिक सञ्जालदेखि सबै क्षेत्रमा चुनावी माहोल बनाउने गरी काम गर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आायोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि सबै गतिविधिमा चुनावी माहोल बनाउने गरी काम गर्न निर्देशन दिएका हुन् । नेता सिंहले सबै कार्यकर्तालाई पार्टीको अनुशासनको दायरामा रहन सचेत गराउदै कांग्रेसका कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले पनि समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने बताए । सार्वजनिक मञ्च वा सामाजिक सञ्जालबाट पार्टी निर्णय भन्दा फरक धारणा राख्दा व्यक्तिले चर्चा पाउने भएपनि यस्ता गतिविधिले आफ्नै पार्टी कमजोर हुने औँल्याउँदै नेता सिंहले…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । शनिबार काठमाडौँको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको बताए । उनले भने ‘सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोर मैला भित्रको गिरोहले फोहोर मैला समाधान गर्न दिँदैन ।’ मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताउँदै अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । फोहोर मैला व्यवस्थापन गर्ने कुरामा स्थानीय सरकारलाई संघीय…

Read More

काठमाडौँ – एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो। आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौँको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ। ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार गरिने मन्त्रालयले जनाएको छ।

Read More

राजविराज – एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ । तीमध्ये एक सय १३ मा मोतियाबिन्दु फेला परेकाले उनीहरुलाई लहान अस्पतालमा निःशुल्क उपचारको लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताए ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ। महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ। सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले चेतावनी दिएका छन्। काठमाडौँलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो। राप्रपाको केन्द्रीय समितिको पछिल्लो बैठकले साउन महिनामा राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

Read More

दार्चुला – अज्ञात रोगले छात्रा बिरामी पर्न थालेपछि दार्चुलाको एक विद्यालय बन्द गरिएको छ। अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ। विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालका अनुसार छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिनेछ। विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। छात्राको स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको विद्यालय प्राधानाध्यापक लोथ्यालले जानकारी दिए।

Read More

दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकाले विभिन्न पदमा १८ जना करारकर्मचारी माग गरेको छ । गाउँकार्यपालिकाको साउन १० गते बसेको बैठकले विभिन्न पदमा १८ जना करारकर्मचारी माग गरेको हो । गाउपालिकाले खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गरिने उल्लेख गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त भर्न आह्वान गरेको छ । अघिल्लो स्थानीय सरकारले बिना स्रोत विभिन्न शिर्षकमा आफ्ना आफन्त र कार्यकर्ताहरुलाई मात्र भर्ती गरेको आरोप लगाउदैं गाउँ कार्यपालिकाको बैठकले करारमा भर्ना गरिएका कर्मचारीलाई गत साउन १ गतेदेखि करार अवधि थप नगर्ने निर्णय गरेको थियो । गाउँपालिकाले एक सुचना जारी गदैँ जलस्रोत अधिकृतमा १ जना सरसफाई स्वच्छता प्रवर्धकमा १ जना ,अमिन १…

Read More