काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।
शनिबार काठमाडौँको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको बताए । उनले भने ‘सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोर मैला भित्रको गिरोहले फोहोर मैला समाधान गर्न दिँदैन ।’
मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताउँदै अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए ।
फोहोर मैला व्यवस्थापन गर्ने कुरामा स्थानीय सरकारलाई संघीय सरकारबाट पनि सहयोग रहने मन्त्री श्रेष्ठले बताए ।
Facebook Comments Box