दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकाले विभिन्न पदमा १८ जना करारकर्मचारी माग गरेको छ ।
गाउँकार्यपालिकाको साउन १० गते बसेको बैठकले विभिन्न पदमा १८ जना करारकर्मचारी माग गरेको हो । गाउपालिकाले खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गरिने उल्लेख गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त भर्न आह्वान गरेको छ ।
अघिल्लो स्थानीय सरकारले बिना स्रोत विभिन्न शिर्षकमा आफ्ना आफन्त र कार्यकर्ताहरुलाई मात्र भर्ती गरेको आरोप लगाउदैं गाउँ कार्यपालिकाको बैठकले करारमा भर्ना गरिएका कर्मचारीलाई गत साउन १ गतेदेखि करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाले एक सुचना जारी गदैँ जलस्रोत अधिकृतमा १ जना सरसफाई स्वच्छता प्रवर्धकमा १ जना ,अमिन १ जना ,जेटिए पुश सेवा प्राविधिक ६ जना, तथा जेटिए कृषि प्राविधिक २ जना, करारमा कर्मचारी भर्ना गर्न लागिएको गाउँपालिका उपाध्यक्ष देवकी वोहराले बताउनु भयो । यस्तै पोषण स्वास्थ्य सेवक १ जना ,रोजगार साहयक १ ,जना तथा सामाजिक परिचालक ६ जना, गरी १८ जना करारमा कर्मचारी माग गरिएको उपाध्यक्ष बोहराले जानकारी दिनु भयो । गाउँपालिकाले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त बुझाउन समेत आग्रह गरेको छ ।