Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ । त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । जिल्ला न्यायाधीशको सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौँ – अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न संसदीय छानबिन समितिको अर्को बैठक सुरु भएको छ । बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी छन् । बिहान बसेको समिति बैठकले फुटेजमा देखिएका दृश्यहरु प्रस्ट नभएकाले प्रयोगशालाका विज्ञहरुलाई बोलाउने निर्णय गरेको थियो । सोहीबमोजिम अहिले विज्ञहरुसँग छलफल गर्न लागिएको हो । विज्ञहरु छलफलका लागि सिंहदरबार आइसकेका छन् । प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभीबाट डिलिट भएको फुटेज रिकभर गरेर समितिलाई उपलब्ध गराइसकेको छ । सो फुटेजमा १४ गते रातको दृश्य पनि समावेश छ, जुन दिन अर्थ मन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको थियो । तर, उक्त दृश्यमा मानिसहरुको पहिचान हुन नसकेको…

Read More

काठमाडौँ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ । निर्वाचन आयोगले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो । जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकारलाई फिर्ता गरेको जानकारी दिएको छ । आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोृना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्यांकमा उल्लेख छ । योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौं – प्रतिनिधिसभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक १३ साउन शुक्रबार बिहान ११ बजे बस्नेछ ।

Read More

दार्चुला – यार्सागुम्बा सहित एक जनालाई प्रहरीेले पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा नं ८ असिगडाबाट करिब १ केजी ६ सय ग्राम यार्सागुम्बा सहित व्यासँ गाउँपालिका ४ सुन्सेरा बस्ने ३३ वर्षीय कम्मान सिह विष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा आज दिउसो दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बसबाट उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनु भएको छ । प्रहरीले चेकजाच गर्दा उनको झोलाबाट लुकाइ छिपाई राखिएको १ केजी ६ सय ग्राम यार्सागुम्बा सहित कस्ुतरीको नाभि समेत बरामद गरिएको उहाँले बताउनु भयो । साथै प्रहरीले १५ ग्राम कस्तुरीको नाभी…

Read More

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका थिए । ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन । कार्यालयका अनुसार साउन महिनामा भारतबाट आठ लाख ५५ हजार ५२०, भदौमा १० लाख ५३ हजार ९०३ असोजमा, १३ लाख ३४ हजार ९८३, कात्तिकमा नौ लाख १९…

Read More

गुजरात – मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजरातको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् । उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ । भारतको गुजरातसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।

Read More

नयाँ दिल्ली – भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालय जनाएको छ । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत पदमा र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि…

Read More