काठमाडौँ – अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न संसदीय छानबिन समितिको अर्को बैठक सुरु भएको छ ।
बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी छन् ।
बिहान बसेको समिति बैठकले फुटेजमा देखिएका दृश्यहरु प्रस्ट नभएकाले प्रयोगशालाका विज्ञहरुलाई बोलाउने निर्णय गरेको थियो । सोहीबमोजिम अहिले विज्ञहरुसँग छलफल गर्न लागिएको हो । विज्ञहरु छलफलका लागि सिंहदरबार आइसकेका छन् ।
प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभीबाट डिलिट भएको फुटेज रिकभर गरेर समितिलाई उपलब्ध गराइसकेको छ । सो फुटेजमा १४ गते रातको दृश्य पनि समावेश छ, जुन दिन अर्थ मन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको थियो ।
तर, उक्त दृश्यमा मानिसहरुको पहिचान हुन नसकेको समिति सदस्यहरुले बताएका छन् ।
Facebook Comments Box