Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने चुनावको लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । आज गठन गरिएको सिट बाँडफाँट कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ३ जना र अन्यदल बाट २ र २ जना सदस्य राखिएका छन् । कांग्रेसको तर्फबाट कार्यदलमा महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यसैगरी, नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाको तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

Read More

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ ।…

Read More

काठमाडौँ– सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाइने कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए । हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगी खोजी गरेर केन्द्रमा तथ्यांक उपलब्ध गराएमा छिटोछरितो औषधि उपलब्ध गराउन सकिने बताए । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’ अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै उनीहरूले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने ओलीको भनाई छ । सत्तारुढ गठबन्धनका नेताहरूको कुनै गन्तव्य नै नभएको आरोप लगाएका ओलीले देशलाई बरबादीबाट बचाउनका…

Read More

काठमाडौं –  न्यायका लागि सिंहदरबार अगाडी आन्दोलन गर्न पुगेकी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

Read More

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। गृह मन्त्रालयमा शुक्रवार बिहान भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन्। ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’ उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताएका छन्। अन्य छिमेकी मूलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न…

Read More

काठमाडौं – परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार…

Read More

काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको राजीनामा अस्वीकृत भएको छ । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

Read More

काठमाडौं – रुसी अदालत अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाएको छ । गत फेब्रुअरीमा मस्को एयरपोर्टमा पक्राउ परेकी ३१ वर्षिया ग्रिनरलाई​ लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले जेल सजाय तोकेको हो । ग्रिनरको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो । ओलम्पिकमा स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस गएकी थिइन् ।

Read More