काठमाडौं – न्यायका लागि सिंहदरबार अगाडी आन्दोलन गर्न पुगेकी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो ।
निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन ।
बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।
Facebook Comments Box