काठमाडौं – रुसी अदालत अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाएको छ ।
गत फेब्रुअरीमा मस्को एयरपोर्टमा पक्राउ परेकी ३१ वर्षिया ग्रिनरलाई लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले जेल सजाय तोकेको हो ।
ग्रिनरको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो । ओलम्पिकमा स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस गएकी थिइन् ।
Facebook Comments Box