Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिएका छन् । नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हन् । उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताउनु भएको छ । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनु भयो ।जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाई थियो । पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री…

Read More

काठमाडौं – महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ। महालेखा परीक्षक टंकमणि शर्माले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम महालेखा परीक्षक शर्माले राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षकको प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो । बढुवामा सिफारिसको सूचना

Read More

भोजपुर – भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्की रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए ।

Read More

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन्। सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए। बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेस गर्दै उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीण गरेकालाई नेपालको कृतिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। उनले भने, ‘नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ। र, यो…

Read More

काठमाडौं – तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झन्डै २ वर्षदेखि रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको जनाएका हुन् ।

Read More

पर्सा – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन । बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरूसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता विधेयक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

Read More

काठमाडौं – रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाको बुधवारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ । प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।

Read More