काठमाडौं – रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।
प्रतिनिधिसभाको बुधवारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ ।
प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।
Facebook Comments Box