Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल प्रहरीको प्राविधिकतर्फ ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फका १ जनासहित ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

Read More

रुपन्देही – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । ‘बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ’, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।’ राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्दै जानुपर्ने उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि-सम्झौता गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट…

Read More

रौतहट – चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछि खोजी गर्ने क्रममा पीडितको आफन्तलाई अपरिचित ब्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौं, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका-१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती…

Read More

एजेन्सी – श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे शनिबार कोलम्बोमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको अवस्था दिनप्रतिदिन खराब हुदै गएको छ । शनिबार देशको स्थितिबाट आजित भिडले राष्ट्रपति गोटाबायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन् । कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी आवासलाई प्रदर्शनकारीहरूले दिउँसोदेखि घेरा हाल्न सुरु गरेका थिए । भिड उग्र बन्दै गएपछि प्रदर्शनकारीहरू तोडफोडमा उत्रिए । प्रदर्शनकारीले सांसद रजिता सेनारत्नेको घरमा पनि आक्रमण गरेका छन् । राष्ट्रपतिलाई सुरक्षाका लागि अन्यत्र सारिएको शीर्ष रक्षा स्रोतले एएफपीलाई बताएको सो समाचार संस्थाले बताएको छ । सेनाले आक्रोशित भीडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न हवाइ फायर गरेको…

Read More

काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ । नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ…

Read More

काठमाडौं – एकीकृत माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यर्थाी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्ण गरेको पार्टी प्रवक्दा कृष्णबहादुर महराले बताए । केन्द्रीय समितिको बैठकपछिको पहिलो स्थायी कमिटीको बैठकले गरेको निर्णयहरु यी हुन् : १) स्थानीय तह निर्वाचनमा घात अन्तरघात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो । २)…

Read More

काठमाडौं – सात वर्षअघि कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीको पनि चुनाव अवधिभर टेलिफोन सुविधा कटौती गरिएको थियो । डिल्लीबजारस्थित सदरखोरमा कैदीजीवन बिताइरहेका उनले स्थानीय चुनाव अवधिभर भेटघाट भने तीव्र बनाएका थिए । चुनावअघि भने चौधरी घन्टौँ भेटघाटमा रहन्थे । गलत सन्देश जाने खतरा देखिएपछि विभागले परिवारका सदस्यबाहेक उनको राजनीतिक भेटघाटलाई कटौती गरेको थियो । यही क्रममा उनको टेलिफोन सुविधा पनि कटौतीमा परेको थियो । विभागका महानिर्देशक घिमिरेका अनुसार उनलाई भेटघाट गर्न कारागारमा मान्छेको भिडजस्तै लाग्ने देखिएपछि केही कडाइ गरिएको हो ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।  बढुवामा सिफारिसको सूचना

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ । पार्टीको शनिबार बनेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महरा अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय…

Read More

काठमाडौँ – सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। शुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेस भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको सरकारले राती नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको हो। संसद सचिवालयमा दर्ता गराइएको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक २०७९ ले नेपाली नागरिकसँग विवाहलगत्तै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था माथि संशोधन नगर्ने भएको छ। २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो। सरकारले अहिले ल्याएको संशोधनमा २०७५ को व्यवस्था हटाइएको छ। नागरिकता ऐनको दफा ५ को व्यवस्थामा संशोधनको प्रस्ताव गरिएको छैन।…

Read More