Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न सङ्गठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

Read More

काठमाडौं – नेपालले ५ वर्षका लागि भारतसँग रासायनिक मल खरिद सम्झौता गरेको छ । ५ वर्षका लागी झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि…

Read More

रसुवा – जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ। उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए। तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।

Read More

काठमाडौँ- राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Read More

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई चालु आर्थिक वर्षदेखि बालश्रम मुक्त गाउँपालिका बनाइने भएको छ । गत असार १० गते गाउँ सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष हिरा सिह धामीले चालु आर्थिक वर्षदेखि गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका बनाउने बताउनु भयो । गाउँपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री पालिका बनाउन नीति, रणनीति र निर्देशिका बनाइने उहाँले बताउनु भयो । गाउँपालिका क्षेत्रमा प्रयोग भईरहेको बालश्रमको तथ्यांक सँकलन गरी बालश्रमिक राख्ने घरमुली, बालश्रममा रहेका बालबालिका र तिनका अभिभावक समेतसँग छलफल गरि पालिकालाई बालश्रम पालिका निर्माणमा जोड दिइने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । त्यस्तै अती कमजोर आर्थिक अवस्था कमजोर भएका…

Read More

काठमाडौं – बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रवार प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रवार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । उनले प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर, छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।

Read More

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए । एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । कोरोना महामारीका…

Read More

काठमाडौं – शैक्षिक शूल्क वृद्धिको विरोधमा चक्रवर्ती कलेज अनिश्चितकालीन बन्द भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी संगठनले आन्दोलन गरेपछि अनिश्चितकालिन बन्द भएको हाे । पाँच वर्षे एलएलबी र एलएमएमको शूल्क वृद्धि भएको भन्दै काँग्रेस,एमाले र माओवादी निकट विद्यार्थी संगठन विरोध गर्दै आन्दोलन गरेका छन् । कलेज प्रशासनले शुल्क घटाउनेभन्दा विद्यार्थीहरूमाथि दमन गरेपछि आन्दोलनमा उत्रिनु परेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले बताए । कलेजले एलएलसीको ७ लाख १६ हजार ४ सयबाट बढाएर १० लाख ७० हजार पुर्‍याएको छ । यस्तै एलएलएमको ३ लाख २३ हजार २ सयबाट ५ लाख ४८ हजार पुर्‍याएको छ । शूल्क वृद्धिको विषयमा दबाब…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा ५६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४४५४ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा २ सय २ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा गत २४ घन्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्मको अवस्थामा नेपालमा ११ हजार ९ सय ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३९२९ पुगेको पनि…

Read More

हेटौंडा – मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडाको निमार्णाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ । चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ । आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ…

Read More