Author: महेन्द्रनगर पोष्ट

कैलाली – बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समीर ओली, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा,…

Read More

काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरू आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुङ्ग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को-को बस्ने भन्ने दलहरूले आन्तरिक छलफल गरेर टुङ्ग्याउने भएका छन् । बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ । बैठकका निर्णयहरू विज्ञप्तिमार्फत सार्वजनिक गर्ने नेता भुसालले जानकारी दिए ।

Read More

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सामेल हुन पार्टी सङ्गठन र नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

Read More

काठमाडौं – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बसिरहेको छ। सरकारले आमचुनावको मिति घोषणा गरेको भोलिपल्ट गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने स्रोतले बताएको छ । यसअघि सरकारको नेतृत्व गरिरहेको काँग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरेको थियो। गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई सरकारमा ल्याउने विषयमा असहमति जनाएको बताइएको थियो। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन्। चुनावसम्म गठबन्धन गर्न सिट बाँडफाँट उनीहरूका लागि…

Read More

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किँदै छन्। अस्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स-२०२२ मा सहभागी भएर प्रधानसेनापति शर्मा आज साँझ काठमाडौँ आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको (सिएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए। साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। कन्फरेन्समा सहभागी राष्ट्रका सेना प्रमुखहरूबिच पनि अन्तर्राष्ट्रिय सुरक्षा…

Read More

काठमाडौं – नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ । बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७८-७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्‍याउन योग्य बनाउनु पर्ने बताए । अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेयर भएकाले उनले कार्यालयहरूलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न पनि निर्देशन दिए। उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका…

Read More

दार्चुला – कोरोना भाइरसको संक्रमण फेरी फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बिहिबार प्रशासनले एक सुचना जारी गदैँ देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनु भएको छ । भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । यस्तै कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । विहिबार प्रशासनले एक सूचना जारी गदै सेवाग्राहीहरुको भिडभाड…

Read More

काठमाडौं – सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको हो । गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।

Read More

दार्चुला – दार्चुलामा स्वास्थ्य बीमा गरेका १ हजार ८८९जनाले जिल्ला अस्पताल दार्चुलाबाट उपचार सेवा पाएका छन् । उनीहरुले गत आर्थिक वर्ष २०७८/७९मा जिल्ला अस्पतालबाट उपचार सेवा पाएको स्वास्थ्य बीमा कार्यालय दार्चुलाका सहजकर्ता जमन सिह धामीले जानकारी दिनु भयो । सहजकर्ता धामीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउनमा १२३ जनाले सेवा दिएका छन । भाद्र महिनामा १४५ जनाले सेवा पाएका छन । यस्तै असोजमा १०४ जना,कार्तिक महिनामा १०१ जना मंसिर महिनामा १२३ जनाले सेवा पाएको सहजकर्ता धामीले बताउनु भयो । यस्तै पुसमा १५८ जना माघमा १२८ जना फागुनमा २१७ जना चैत्रमा १६९ जानले सेवा लिएक छन । आर्थिक वर्षको चैत्रमा…

Read More