दार्चुला – दार्चुलामा स्वास्थ्य बीमा गरेका १ हजार ८८९जनाले जिल्ला अस्पताल दार्चुलाबाट उपचार सेवा पाएका छन् ।
उनीहरुले गत आर्थिक वर्ष २०७८/७९मा जिल्ला अस्पतालबाट उपचार सेवा पाएको स्वास्थ्य बीमा कार्यालय दार्चुलाका सहजकर्ता जमन सिह धामीले जानकारी दिनु भयो । सहजकर्ता धामीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउनमा १२३ जनाले सेवा दिएका छन । भाद्र महिनामा १४५ जनाले सेवा पाएका छन । यस्तै असोजमा १०४ जना,कार्तिक महिनामा १०१ जना मंसिर महिनामा १२३ जनाले सेवा पाएको सहजकर्ता धामीले बताउनु भयो ।
यस्तै पुसमा १५८ जना माघमा १२८ जना फागुनमा २१७ जना चैत्रमा १६९ जानले सेवा लिएक छन । आर्थिक वर्षको चैत्रमा १६९जना बैशाखमा १९० जना जेठमा १९९ जना तथा असारमा २३२ जनागरी एक वर्षको अवधिमा १ हजार ८८९जनाले जिल्ला अस्पताल दार्चुलाबाट उपचार पाएको स्वास्थ्य बीमा वोर्ड कार्यालय दार्चुलाका सहजकर्ता जमन धामीले जानकारी दिए ।
अस्पतालबाट आर्थिक वर्ष २०७७/०७८मा मात्रै ८३० जनाले सेवा पाएका थिए । आर्थिक वर्ष २०७७/०७८को भन्दा गत आर्थिक वर्ष २०७८/७९मा अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बरले बृद्धि भएको सहजकर्ता जमन धामीले जानकारी दिए ।
हाल सम्म दार्चुलामा स्वास्थ्य विमा गर्नेको संख्या १०हजार ८४३ जना पुगेको बताइएको छ । अहिले जिल्लाभरी ५ हजार ३२३ जना महिला तथा ४हजार ९८२ जना पुरुषगरी १० हजार ८४३ जना व्यतिmको स्वास्थ्य विमा गरिएको स्वास्थ्य विमा कार्यालय दार्चुलाले जनाएको छ ।
हाल सम्म जिल्लामा ५ हजार २२६ जनाको विमा नविकरण गरिएको छ भने ५ हजार ६१७ जनाको नयाँ विमा गरिएको छ । महिला स्वयंसेविका नयाँ २५७ तथा नविकरण १०५ जनाको गरिएको छ । ज्येष्ठ नागरिक नयाँ ४ हजार ३१ जना पुगेका छन भने नविकरण ४ हजार ६७५ पुगेका छन । एचआइभी संक्रमित ४३ जना परिवारको स्वास्थ्य विमा गरिएको छ । जसमध्ये ६१ जनाको परिवारको नविकरण गरिएको छ ।
कुष्टरोगी नयाँ ३४ तथा २६ परिवारको नविकरण गरिएको छ । दार्चुलाका लागि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा बिमामा आबद्धहरूलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निकाय तोकिएको छ। यी अस्पतालमा उपचार सम्भव नभए रिफर गरिने र अर्को तोकिएको अस्पतालमा समेत निः शुल्क उपचार हुने व्यवस्था छ।