दार्चुला – कोरोना भाइरसको संक्रमण फेरी फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
बिहिबार प्रशासनले एक सुचना जारी गदैँ देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनु भएको छ ।
भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । यस्तै कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । विहिबार प्रशासनले एक सूचना जारी गदै सेवाग्राहीहरुको भिडभाड हुने सरकारी कार्यालयहरु बैक तथा वित्तिय संस्थाहरुका साथै अन्य निकायहरुमा सेवा लिन आउदा सेवा प्रदायक तथा सेवाग्राहीहरुले मास्कको प्रयोगलाई अनिवार्य गर्ने तथा सेवा प्रदायक कार्यालयहरुले सेवा प्रवेशद्धारमा स्यानीटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
यस्तै जिल्लाभित्र संञ्चालन गरिने गोष्ठी ,सेमिनार ,बैठकजस्ता भिडभाडहुने कार्यक्रमहरुमा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानीटाइजरको व्यवस्था मिलाउन प्रशासन द्धारा जारी गरिएको सुचनामा भनिएको छ । विद्यालय ,क्याम्पस, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसाहिक तथा मनोरञ्जनस्थहरु स्टेडियम आदि सार्वजनिक स्थलहरुमा मास्कको प्रयोग गर्न भनेको छ ।
जिल्लाका सबै स्थानीय तहले खोप नलगाएका व्यतिmहरुको खोजि गरि खोप लगाउने व्यवस्था मिलाउन समेत सुचना मार्फत जानकारी गराएको छ । सिमानाकाहरुमा कोभिड १९ को निगरानी बढाउन हेल्थ डेस्क हरुबाट कोभिड १९ को लक्षण भएका व्यतिmहरुको सुरक्षा निकाय र स्थानीय तहहरुको सहयोगमा विवरण राख्ने काम प्रभावकारी रुपमा कार्यान्वय गर्न प्रशासन द्धारा जारी गरिएको सुचना मार्फत आग्रह गरिएको छ । जिल्लामा अहिले दुई स्थानीय तहका ७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।