Author: महेन्द्रनगर पोष्ट

हेटौंडा – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्। नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए। प्रधानमन्त्री देउवाले भने, “सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।” उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए। प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे।…

Read More

काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् । ‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक…

Read More

काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ ।

Read More

काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् । ‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’ नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनस् पठाउनुपर्ने अधिकारीको माग छ । यसअघि संसदमा पेस…

Read More

काठमाडौँ – संसदको कार्यसूचीबाट नागरिकता विधेयक बाहेकका विषय हटाइएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

Read More

काठमाडौं – श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन्।उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन्। ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए।उनी वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन्।

Read More

हेटौँडा – सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंका पथमा नजाने बताएका छन् । हेटौँडामा आज (शुक्रबार) देखि सुरु नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको भन्दै भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्ने बताए । सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको उनको भनाइ थियो । ‘पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार छ’, मन्त्री कार्कीले आश्वस्त पारे । नेपाल आगामी १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुने उनले दाबी गरे ।

Read More

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । आजको उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने जनाइएको छ ।

Read More

काठमाडौं – साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन्।उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् । गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछन् ।

Read More

काठमाडौं – शुक्रबार तोलामा एक हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन एकहजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो । यस्तै,आज तेजावी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Read More