Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रबिन्द्र बहादुर धानुकले सोमबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा कार्यालय तथा मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । निर्देशनकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न जिल्ला प्रहरी परिसरहरुलाई निर्देशन दिनु भयो साथै नेपाल सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणा गरिसेको र निर्वाचन…

Read More

महोत्तरी – महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए । शनिबार पक्राउ परेका उनको ससुराली घरबाट रु एकहत्तर लाख चौवालीस हजार तीन सय पचास रुपैयाको नौ थान कपाली तमसुक बरामद भएको हो । महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिनुभएको हो । उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ…

Read More

काठमाडौं – संघीय संसद्, राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । विसं २००६ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएकामा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ । स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं…

Read More

महेन्द्रनगर – सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्ट मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा घोटला गरेको आरोप खेपिरहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपतिको जिम्मेवारीबाट मुक्त पारिएका एसपी बिष्ट अहिले सशस्त्र प्रहरीको विशेष अदालतको कठघरामा छन्। सशस्त्र प्रहरी स्रोत भन्छ, ‘एसपी बिष्टलाई जोगाउन थुप्रै प्रयास भएका छन्। तर उनी अहिले विशेष कठघरामा छन्।’ ४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा एक सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ। उनको जिम्मेवारी खोस्नुअघि सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले स्पष्टिकरण सोधेको थियो। रासनमा अनियमितता गरेको आरोप…

Read More

काठमाडौँ – नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबिच आज द्विपक्षीय श्रम सम्झौता हुँदै छ । सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बिच सम्झौता गरिनेछ । बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजाने गरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ । बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तर्गत स्वास्थ्य संस्थाहरूमा काम गर्नका लागि नेपाली नर्स लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले…

Read More

काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो। कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ। ​यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन्। विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने,विद्यालय सहयोगीहरूका लागि २४ हजार…

Read More

काठमाडौं – संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ। संघीय निजामती ऐनसँगै संयुक्त ट्रेड युनियन सञ्जालले अरू माग पनि उठाएका छन्। उनीहरू क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन्। त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित…

Read More

काठमाडौं – दार्चुलाका २० हजार बढि बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको छ । पाँचदेखि ११ वर्ष मुनिका जिल्लाभरीका २० हजार ३ सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर बीरेन्द्र भट्टका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरी खोप अभियान सुरु भएको छ । ९ वटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ । भट्टका अनुसार महाकाली नगरपालिकामा ६४ वटा…

Read More

काठमाडौं – आज साताको पहिलो दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य घटेको छ । सुन २०० रुपैयाँले घटेर आज प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कायम भएको छ ।

Read More