Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

Read More

काठमाडौं – अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रूपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरूले आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द गर्ने बताएका छन् । शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ति नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द गर्न बाध्य भएको पाँच दलले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त प्रेस विज्ञप्ति नेकपा एमालेका जिल्ला कमिटी…

Read More

काठमाडौं – मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पार्नुभएको हो । नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जित्नुभएको छ । उहाँले उपाधिसहित नगद रु एक लाख प्राप्त गर्नुभएको छ । डेविडले चट्टानलाई हराउँदै उपाधि जित्नुभएको हो ।…

Read More

काठमाडौं – नेपाल प्रहरीको प्रमुख (आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आइतबार हुँदैछ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन्। यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो। त्यसपछि ६ दिन सारिएको हो। आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बैशाख २२ गते न्यायाधीश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन्।

Read More

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेटेको हो । सिबिफिनले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुको वारेमा सिबिफिनको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेटेको हो । सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको सहकार्यमा अध्ययन गरी तयार गरेको बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरु र सम्बोधनका लागि सुझावहरु–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु–०७८,…

Read More

दार्चुला – दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–६ मा पहिरोमा परेर शनिबार एक जनाको मृत्यु भएको हो। पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर एवम् सूचना अधिकारी राजेश शाहीका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । काठमाडौँमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही समयमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ । आज थपिएकासँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ ।

Read More

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना सङ्कलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिए । गृहमन्त्री खाँणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे । उनले भने, ‘ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत उच्च जोखिममा रहनसक्ने समूहलाई लक्ष…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छिन् । आज ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् । पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री…

Read More