Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५९०९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर २६४ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपचारका लागि देशभर १७ अस्पताल तोकिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका १७ वटा अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागिे व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् । यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । एमालेको भातृ संगठनले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन गर्दै वसन्तपुरमा पुगेको छ । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू, प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि सहभागी भएका छन् ।

Read More

एजेन्सी – बलिवुड अभिनेता सलमान खानलाई बन्दुक राख्ने अनुमति दिइएको छ । भारत सरकारले उनलाई बन्दुक साथमा राख्न अनुमतिपत्र (लाइसेन्स) दिएको हो । सलमानले आफूसँग हतियार राख्न दिनका लागि मुम्बई प्रहरीसँग निवेदन दिएका थिए । मुम्बई प्रहरीले उनलाई बन्दुक राख्ने अनुमति दिएको हो । जुन ५ मा ‘लोरेन्स बिश्नोई ग्याङ’ले सलमानका पिता सलिम खानलाई बिहान ‘मर्निङ वाक’मा हिँडिरहेका बेला ज्यान मार्ने धम्कीयुक्त पत्र छाडिदिएको थियो । पत्रमा उनका छोरा सलमानलाई मार्ने धम्की दिइएको थियो । उक्त धम्कीपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा व्यवस्था कडा बनाउदै रक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ । एक प्रहरी अधिकारीका अनुसार सलमानले प्रहरी मुख्यालयसँग सम्बन्धित…

Read More

धनगढी – प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह कैलालीको धनगढी पुगेका छन् । धनगढीमा सोमबारदेखि प्रहरी अस्पतालको उद्घाटनका लागि पुगेका सिंहले एक विशेष कार्यक्रमबीच अस्पतालको उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो। प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो । सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ । उक्त समारोहमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललगायतको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौं — काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको पुष्टि गरे । हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकमध्ये केशव पाण्डे झुन्डिएको अवस्थामा र अन्य तीन जनाको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको प्रारम्भिक घटनाक्रम देखिएकोले उक्त घटनामा पाण्डेले पत्नी र छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ। सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा केशव पाण्डे र उनकी पत्नी सुनितासहित छोराछोरी मृत भेटिएका थिए। प्रहरीका अनुसार घरभित्रबाट ढोकाको चुकुल लगाइएको थियो…

Read More

बैतडी – बैतडी जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस संक्रमण फेरि फैलन सक्ने भन्दै भारतसँग सीमा जोडिएको बैतडीका सबै पालिकामा पूर्वतयारीस्वरुप होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जानकारी दिएको छ । प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने र दशरथचन्द नगरपालिका क्षेत्रभित्र जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माणका लागि ठाउँ पहिचान गरी निर्माणको जिम्मा दशरथचन्द…

Read More

बारा – एक भारतीय महिलाले किर्ते जालसाजी गरेर नेपाली नागरिकता प्राप्त गरेको घटनाको विषयलाई लिएर छानबिन सुरु भएको छ । बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयमा नक्कली कागजपत्र तयार गरेर एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएको विषयलाई लिएर छानबिन गर्न थालिएको हो । भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय रजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट इलाका प्रशासन कार्यालय सिमराबाट ३३/०२/०७९/००५१३ नम्बरको नागरिकता लिएको देखिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट लिएको नागरिकताको घटनाबारे छानबिन थालिएको छ । प्रशासन प्रमुख मोहनप्रसाद अर्यालले उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि…

Read More

हुम्ला – हुम्लामा खराब मौसमका कारण चार दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर भारी वर्षातका कारण हवाई उडान अवरुद्ध भएको हो । जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताउनुभयो । सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल…

Read More

काठमाडौं – अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन् । एपेन्डिसाइटिस भएपछि नीता काठमाडौंको मेडिसिटी अस्पतालमा भएकी हुन् । नीताको आज ९सोमबार० बिहान अप्रेसन गर्ने तयारी भइरहेको छ । आज सोमबार नीता लाजिम्पाटमा हुने एक कार्यक्रममा सरिक हुन जाने क्रममा बाटोमै बिरामी परेकी थिइन् । बाटोमा अचानक पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । केही साता अघि मात्रै ज्योतिष हरिहर अधिकारीसँग विवाह गरेकी नीता फिल्म तयारीमा थिइन् ।

Read More