Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षण गर्दा एक सय ३५ जनामा संक्रमण भएको हो । जसमध्ये एक हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जना र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । यसबीच ५९ जना संक्रमणमुक्त भएका छन् । आज (आइबार) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख…

Read More

काठमाडौं – सरकारले आयातमा गरिएको कडाइलाई निरन्तरता दिने भएको छ । १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे आज (आइतबार) जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले आयातमा गरिएको कडाइलाई निरन्तरता दिइएको बताए । यस्तै, सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका इन्जिनियर सतिस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच–पाँच लाख उपलब्ध गराउने पनि निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू :१ . राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य…

Read More

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९-११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । प्रचण्डले बीजेपीको हेडक्वार्टरमा पुगेर अध्यक्ष नड्डालाई भेटेका हुन् । भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन् । तीन दिने भारत भ्रमणका लागि शुक्रवार दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड आजै स्वदेश फर्किने छन् ।

Read More

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईकाअनुसार यस अवधिमा यात्रुहरूबाट ४८० किलो अवैध सुन बरामद भएको छ । १३ मंसिरदेखि सुरु गरिएको यस्तो कडाइका क्रममा सुरुवाती दिनमा दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेकोमा अहिले दैनिक एक किलो हाराहारीमा झरेको भट्टराईले बताए । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम…

Read More

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो पदाधिकारी बैठक बस्ने महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले जनाएको छ। काँग्रेसले गत सोमबारदेखि जारी राखेको केन्द्रीय समिति बैठक नेताहरू बोल्ने क्रम सकिएपछि भोलिसम्मका लागि स्थगित भएको थियो। बैठकले विभिन्न विषयमा निर्णय गर्ने बताइएको छ। विभाग तथा समिति गठन, नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता र पुराना भ्रातृ तथा शुभेच्छुक संस्थाका महाधिवेशन तथा पूर्णता दिने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने तयारी छ। सभापति शेरबहादुर देउवाले महाधिवेशन सकेको छ महिनाभित्र विधानअनुसार गरिसक्नुपर्ने काम गरेका छैनन्। विधानअनुसार काम नगरेको भन्दै देउवाको आलोचना भइरहेको छ।

Read More

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरूले राष्ट्र बैङ्कलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैङ्क वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

Read More

काठमाडौं – साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी भने प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक अहिले केही बेरमा बस्ने भएको छ । शर्मामाथि छानबिन गर्न बनेको समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्नेछ। यसैबीच समितिले हिजोबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गरेका थिए। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा…

Read More

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आज साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन…

Read More